काठमाडौँ, १० मङ्सिर २०७५ । इसाई धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजकबाट पछि हट्यो ।

धर्मका नाममा पूर्वमन्त्री एकनाथ ढकालको धन्दाले उत्पातै मच्चिएको छ ।

‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा नेपाल सरकार सहआयोजक रहेको भन्दै नेपाली कांग्रेसले चर्को आलोचना गरेको थियो ।

काठमाडौंमा मंसिर १४ देखि १७ गतेसम्म हुने उक्त कार्यक्रममा युपीएफका संस्थापक फादर मुन (डा. सन म्योङ मुन) कि श्रीमती डा. हाक जा हान मुनलाई ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने तयारी भइरहेको थियो ।

उक्त कार्यक्रममा नेपाल सहआयोजक रहेको भनी विभिन्न क्षेत्रबाट समेत विरोध भएको थियो । शनिबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरी धार्मिक कार्यक्रममा सरकार सहआयोजक बस्न नमिल्ने भन्दै विरोध जनाएको थियो ।

युपीएफ ‘न्यु क्रिस्चियन’ धर्म प्रचारका लागि २००५ मा स्थापना भएको कोरियन संस्था हो ।

उक्त कार्यक्रमबारे युपीएफको वेवसाइटमा राखिएको जानकारीअनुसार नेपाल सरकार सहयोगीको भूमिकामा रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्