Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:०८ बिहान
- ADVERTISEMENT -

नारायणहिटीका १० कक्ष खुला

प्रकाशित मिति: २०७५ मंसिर ८, शनिबार

1251
Shares

काठमाडौँ, मङ्सिर ८ गते । नारायणहिटी दरबारका खुल्न बाँकी रहेको १० वटा कोठा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो ।

तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले सातामा एकपल्ट भेट्नका लागि खोलिने इलाम कक्ष खुला भएको हो । यस्तै जनै पूर्णिमामा शाही परिवारले जनै र डोरो बाँध्न मात्र प्रयोग हुने गरेको सुनसरी कक्ष, युवराज युवराज्ञीको जन्म उत्सवमा मुमा रत्नबाट भोज गर्ने गरिएको सप्तरी कक्ष र खाना खानुअघि भलाकुसारी गर्ने गरिएको सिराहा कक्ष पनि खुला गरिएको छ ।

सिनेमा हल, पुस्तकालय र शाही परिवारले दारी जुँगा मिलाउने सैलुन कक्ष भने अझै खुल्न बाँकी छ । यसबाहेक राजा वीरेन्द्रको निवास श्रीसदन पनि खुल्न भने बाँकी नै छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार जगमान गुरुङ, दामोदर गौतम, मदन रिमाल, रोहित ढुङ्गाना र अद्धैतप्रकाश श्रेष्ठ सम्मिलित समितिको सुझावअनुसार सरकारको निर्देशनपछि सर्वसाधारणको अवलोकनका लागि यो खुला गराइएको हो ।

दाहालका अनुसार कक्षको नामकरण विभिन्न स्थानको वा जिल्लाको नामबाट भए पनि भावनात्मक रूपमा ती क्षेत्रको भावना भने कक्षमा समेटिएको छैन । खोलिएका यी कक्ष शनिबारदेखि नै सर्वसाधारणले अवलोकन गर्न पाउने छन् ।
नारायणहिटी सङ्ग्रहालय प्रमुख अद्धैतप्रकाश श्रेष्ठका अनुसार अब पूर्वराजा वीरेन्द्रको निवास श्रीसदन खुला गर्नेतर्फ सङ्ग्रहालयले गृहकार्य गरिरहेको छ ।

पुरातत्व विभाग मातहत नभई मन्त्रालय मातहत रहन गएको यसलाई विभाग मातहत ल्याउने प्रयास भएको दाहाल बताउनुहन्छ । राजाको श्रीपेच हालै प्रदर्शनमा राखिएपछि सङ्ग्र्रहालयको आकर्षण बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -