Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५१:२० बिहान
- ADVERTISEMENT -

संयुक्त सैन्य अभ्यासमा कटौती

प्रकाशित मिति: २०७५ मंसिर ७, शुक्रबार

1409
Shares

एजेन्सी, वासिंगटन, ७ मङ्सिर २०७५ । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि तय भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियासँगको आणविक वार्तालाई सहजीकरण गर्नका लागि सैन्य अभ्यासमा कटौती गर्न लागिएको बुधबार जानकारी दिए ।

‘फोल इगल नाम दिइएको सैन्य अभ्यासलाई दुई देशबीचको कूटनीतिक प्रयासलाई नोक्सान नहुने गरी आयोजना गरिनेछ,’ म्याटिसले भने । दुई देशले आयोजना गर्ने नियमित फोल इगल सैन्य अभ्यास सबैभन्दा ठूलो हो । यो अभ्यासप्रति उत्तर कोरियाले जहिल्यै आपत्ति जनाउँदै आएको छ । उत्तर कोरियाले यो सैन्य अभ्यासलाई प्रत्याक्रमणको रूपमा हेर्ने गर्दछ । करिब दुई लाख दक्षिण कोरियाली र करिब तीन लाख अमेरिकी सेना सहभागी हुने यो विशाल सैन्य अभ्यासमा गत वर्ष पनि केही ढिलाइ र कटौती गरिएको थियो ।

उत्तर कोरियाका नेता किम जोङ अनसँग सिंगापुरमा जुन महिनामा भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए । उनको भनाइमा यो सैन्य अभ्यास धेरै खर्चिलो र उत्तेजना फैल्याउने मात्र रहेको छ ।

त्यसयता दुवै मुलुकले अरू पनि सैन्य अभ्यास स्थगित गरिसकेका छन् । अर्को महिनाका लागि तोकिएको भिजिलान्ट एस तथा गत अगस्टमा उल्ची फ्रिडम गार्डियन नामका सैन्य अभ्यास रोकिएका छन् । उत्तर कोरियासँग हालैका दिनमा वार्ता स्थगित भएका छन् । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण पूर्ण पारदर्शिताका साथ नगरिए उत्तर कोरियामाथि लागेका प्रतिबन्ध फुकुवा गर्न नसकिने बताउँदै आएको छ भने उत्तर कोरियाले अमेरिकाको उक्त कदमको कडा शब्दमा निन्दा गरिआएको छ ।

अमेरिकाले दक्षिण कोरियामा २८ हजार ५ सय सेना तैनाथ गरेको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले उत्तर कोरियासँग मित्रतापूर्ण सम्बन्ध स्थापना गर्ने लामो समयदेखि प्रयत्न गरिरहेका छन् । उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषद्ले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

आणविक निःशस्त्रीकरणतर्फ उत्तर कोरियालाई सहमतिमा ल्याउन राष्ट्रपति मुनले उत्तर कोरियामा लगानी बढाउने र संयुक्त अन्तर–सीमा परियोजना आरम्भ गर्ने वचनवद्धता व्यक्त गरेका छन् । तर, अस्त्र उत्पादन कार्यक्रम रोक्नैपर्ने अमेरिकी दबाब प्योङयाङमाथि छ । दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तरका जायज गुनासालाई सम्बोधन गर्नुपर्ने भनी अमेरिकी रक्षामन्त्रीले राखेका धारणामाथि सहमति जनाएका छन् ।

कोरिया राष्ट्रिय कूटनीतिक प्रतिष्ठानका प्राध्यापक किम ह्यून–वुकले संयुक्त सैन्य अभ्यास कटौती हुने सम्भावना रहेको बताए । उनले भने, ‘ट्रम्प प्रशासनले आणविक तथा क्षेप्यास्त्र परीक्षणमा कमी आउनु सकारात्मक रहेको दाबी गरिरहेको छ । त्यहीकारण संयुक्त सैन्य अभ्यासमा पनि कटौती हुनु स्वाभाविक हो ।’

प्योङयाङले आणविक र क्षेप्यास्त्र विकास कार्यक्रम पूरा भइसकेको घोषणा गरेको छ । उत्तरले थप परीक्षणसमेत आवश्यक नरहेको बताएको छ । ट्रम्पले पनि अर्को वर्षको सुरुमा किमसँग दोस्रो बैठक गर्ने विश्वास व्यक्त गरेका छन् । तर, यही बैठकको तयारीका लागि हुनलागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली उच्च नेतृत्वबीचको बैठक भने रद्द गरिएको छ । उत्तर कोरिया आफैँ तयार नभएकाले बैठक हुन नसकेको अमेरिकी भनाइ छ । राष्ट्रपति ट्रम्पले आफूलाई पनि ज्यादै हतार नभएको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -