२०८३ वैशाख ६, आइतबार
११:१२:४६ राति
- ADVERTISEMENT -

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमणमा परी चारको मृत्यु

प्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार

1420
Shares

रासस/ एएफपी, मंसिर ४, २०७५, शिकागो । अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ ।

उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो ।

गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान गएको थियो । एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको थियो भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानेको थियो । तर पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिनको लागि प्रहरीले नै गोलाबारी गर्नु परेको थियो । अस्पतालमा पार्किङ् इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

मारिने अर्काे एकजनामा गोली प्रहार गर्ने व्यक्ति नै रहेका छन् । ती व्यक्तिले आफूले आफैलाई गोली हानेका हुन् या प्रहरीको गोली लागेर भन्ने बारेमा भने केही बताइएको छैन । दुई महिला कर्मचारी र एकजना प्रहरी अधिकारीको भने सो व्यक्तिकै गोली लागेर मृत्यु भएको हो ।

स्थानीय समयानुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा यस गोलीकाण्ड भएको थियो । प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाएको थियो ।

सुरक्षाको कारण घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98