पत्रकार जमाल खशोग्गीको हत्या आदेश राजकुमार सलमानले दिएको अमेरीकी गुप्तचर एजेन्सि सीआइका एक अधिकारीले खुलासा गरेका छन् । आफनो नाम गोप्य राख्ने शर्तमा उक्त अधिकारीले अहिलेसम्मको उक्त हत्याको जाँचबुझमा सलमानको हात रहेको बताएका हुन् ।
पत्रकार जमाल खशोग्गीको गएको महिना साउदी दुतावासमा हत्या भएको थियो । खशोग्गी आफनो विवाह हुनुभन्दा पहिला केही महत्वपुर्ण कागजात लिन साउदी पुगेका थिए । सबैभन्दा पहिला टर्किले खशोग्गीको हत्या वाणिज्य दुतावासमा नै साउदी राजकुमारको सुनियोजित षडयन्त्रमा भएको दावी गरेको थियो ।
साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको विरोधीको रुपमा रहेका साउदी पत्रकार खशोग्गीले प्राय धम्कि प्राप्त गरीरहन्थे । यही वारम्बारको धम्किका कारण उनले गएको बर्ष साउदी अरब छोडेका थिए । साउदीका अधिकारीहरु उनले राजकुमार सलमानको कट्टर आलोचना गरेको आरोपमा धम्कि दिइरहने गर्थे ।