२०८३ वैशाख ६, आइतबार
११:०४:४३ राति
- ADVERTISEMENT -

नेपालीमुलका अमेरिकी सांसद ह्यारीको गाउँमा खुसीयाली

प्रकाशित मिति: २०७५ कात्तिक २४, शनिबार

1091
Shares

पर्वत — अमेरिकी सांसद बन्ने पहिलो नेपालीमूलका नागरिक हिरबहादुर भण्डारी (ह्यारी) एक साहित्यिक कार्यक्रममा भाग लिन १३ वर्षअघि अमेरिका प्रवेश गरेका थिए । पर्वतको फलेवास नगरपालिका २ (साविकको) थापाठाना ९ खनारका हिरबहादुर उतिबेला अमेरिका प्रवेश गर्ने गाउँका बिरलैमध्येका एक हुन् ।
पर्वतको फलेवास नगरपालिका थापाठानाको खनारस्थित हिरबहादुर भण्डारीको गाउँ र उनी जन्मिएको सुनसान घर । तस्बिर : कान्तिपुर ।

२००५ अर्थात् २०६२ कात्तिक १४ गते उनी लक्ष्मीपूजाको दिन नेपालबाट अमेरिका प्रवेश गरेको उनका माइला भाइ कोसिस भण्डारीले बताए ।

हिरबहादुर ३ भाइमध्येका जेठा हुन् । ‘२०६२ सालको कात्तिक १४ गते लक्ष्मीपूजाको साँझ दाइले म अमेरिका आइपुगें भनेर खबर गर्नुभएको थियो,’ काठमाडौं बस्दैआएका कोसिसले कान्तिपुरसित भने, ‘संयोगले लक्ष्मीपूजाकै दिनमा दाइले चुनाव जितेको खबर आयो ।’ नेपाली समय अनुसार बुधबार बिहान उनले चुनाव जितेको खबर काठमाडौंमा भएका भाइले जानकारी पाएका थिए । २००५ मा एक साहित्यिक कार्यक्रमको सिलसिलामा अमेरिका प्रवेश गरेका उनी त्यहाँ पुगेको १३ वर्षमै नेपालीमुलका आप्रवासीमध्येबाट पहिलो सांसद् बने ।

मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भए । अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी,पहिलो नेपालीमुलका अमेरिकी बन्न सफल भएका छन् । मेरिल्याण्ड राज्यमा रहेका ४७ ड्रिस्ट्रिकबाट हाउस अफ डेलिगेटमा एक सय ४१ जनाले प्रतिनिधित्व गर्दछन् । त्यसमध्ये उनी पहिलो नेपाली बनेका हुन् ।

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ड्रिस्ट्रिक ८ को प्रारम्भिक चुनावमा जितेपछि फाइनल चुनावमा भाग लिएका थिए । मंगलबारको अन्तिम प्रतिस्पर्धामा भण्डारी दोस्रो स्थान हात पार्दै हाउस डेलिगेटमा चुनिएका हुन् । सन् २०१४ मा पनि पहिलोपटक निर्वाचनमा भाग लिएका भण्डारी त्यतिबेला पराजित भएका थिए ।

गाउँभर खुसीयाली

उनको वास्तविक नाम हिरबहादुर भण्डारी भए पनि गाउँमा उनका दवाली र सहपाठीले हिरे भनेर बोलाउँथे । पर्वतको साविक थापाठाना गाविस ९ (हालको फलेवास नगरपालिका २) खनारमा २०३५ मा जन्मिएका हिरबहादुर भण्डारी (ह्यारी) अमेरिकाको सांसद् बनेका छन् । फलेबास नगरपालिका २ थापाठानास्थित खनारका ४१ वर्षीय हिरे भण्डारी सानैदेखि पढ्नमा अब्बल थिए । स्थानीय भूमे निमाबिमा जहिल्यै स्कुल फस्ट हुने गरेका उनले २००१ अर्थात् २०५८ मा कास्कीस्थित पृथ्वीनारायण क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका थिए । स्नातकोत्तरपछि केही समय उनले छिमेकी गाउँ शंकरपोखरीस्थित त्रिभुवन मावि, काठमाडौंको डनबस्को एकेडेमीलगायतका विद्यालयमा अध्यापन गरेको उनका भाइ कोसिस भण्डारीले बताए । ‘दाइको क्षमताको मूल्याङ्कन गरेरै उतिबेला (२००५) मा अमेरिकामा बस्ने एकजना दाइले किताब बिमोचनमा बोलाउनुभएर जानुभएको हो,’ कोसिसले भने, ‘अहिले यहाँसम्म पुग्नुहोला भन्ने त कसैले सोचेकै थिएनौं ।’

अमेरिका पुगेको ५ वर्षपछि त्यहींको नागरिकता लिएका हिरबहादुरको अमेरिकी टोन (लवज) मा बोलाउन सजिलोका लागि ह्यारी नाम राखेको परिवार बताउँछ । ह्यारी हाल अमेरिकाकै विश्वविद्यालय र स्कुलहरुमा स्थायी शिक्षकका रुपमा अध्यापन गर्छन् । उनीसँगै बाबु अम्मरबहादुर भण्डारी, आमा शान्तिकुमारी भण्डारी, श्रीमती र छोराछोरी अमेरिकामै बस्छन् । ह्यारी ३ भाइमध्येका जेठा हुन् । उनका माइला भाइ कोसिस काठमाडौंस्थित एक गैरसरकारी संस्थामा कार्यरत छन् । कान्छाभाइ अमेरिकामै छन् ।

उनको बिजयसंगै गाउँमा खुशीयाली छाएको छ । ‘मेरो सहपाठी यो स्थानमा पुग्ला भन्ने लागेकै थिएन,’ कक्षा १ देखि १० सम्म सँगै अध्ययन गरेका राजेन्द्र क्षेत्रीले भने, ‘मलाई निकै खुशी लागेको छ ।’ स्थानीय भूमे आधारभूत विद्यालय र त्रिभूवन माविका पूर्व विद्यार्थी रहेका भण्डारी अमेरिकाका हाउस अफ डेलिगेटमा निर्वाचित भएकोमा थापाठाना र शंकरपोखरीका बासिन्दा र गुरुहरु पनि औधी खुशी छन् । ‘आंफैले पढाएको र यही विद्यालयमा शिक्षकसमेत रहेको एक बिद्यार्थीले इतिहांस रच्दा खुशीको सिमै छैन,’ त्रिभूवन माविका प्रअ टेकनारायण अधिकारीले भने, ‘दुर्गम गाउँको छोराले अहिले अमेरिकामा नेपाल चिनाउनु चानचुने कुरा होइन ।’

थापाठानाका बलबहादुर थापाले सानो छंदा संगै खेलेका साथी अमेरिकाको सांसद बनेको खबरले खुशीको सिमा नरहेको बताए । ‘संगै डण्ढीबियो खेल्दा हिरे त हिरै हो नि भनेर जिस्क्याउंथ्यौं,’ उनले भने, ‘अहिले साँच्चिकै हिरो बनेको खबरले हर्षित छु ।’ सामान्य किसान परिवारमा जन्मिएका भण्डारी सानैदेखि राजनीतिमा रुची राख्ने छिमेकी स्मरण गर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98