- ADVERTISEMENT -

ट्रंपसँग सवाल जवाफ गरेको आरोपमा व्हाइट हाउसद्धारा सीएनएनका संवाददाताको प्रेस पास निलम्बन

November 9, 2018
1466
Shares
- ADVERTISEMENT -

व्हाइट हाउसले सीएनएनका व्हाइट हाउस संवाददाता जिम अकोस्टाको प्रेस पास निलम्बीत (अस्थायी रुपमा अमान्य) गरेको छ । बुधबार भएको संवाददाता सम्मेलनको दौरान राष्ट्रपति डोनाल्ड ट्रंप र अकोस्टा वीच तीखो सवालजवाफ भएको एक दिनपछि उक्त कारवाही भएको हो । अकोस्टा र ट्रंप विच गालीगलौज त्यो समय भयो जब सिएनएन संवाददाताले राष्ट्रपति सँग लाटिन अमेरीकाको दक्षिण सीमा तर्फ बढि रहेका प्रवासीको बारेमा सवाल सोधेका थिए ।

जब अकोस्टाले यो प्रश्नको जवाफ पाएपछि फेरी एक प्रश्न सोधे तब ट्रंपले भने “यती पर्याप्त छ” । ट्रंपको यो टिप्पणीपछि व्हाइट हाउसको एक कर्मिले अकोस्टासँग माइक लिने असफल कोशिश गरे । व्हाइट हाउसका प्रेस सचिव सारा स्यान्डर्सले वयान जारी गर्दे अकोस्टा माथि व्हाइट हाउसमा इंटर्न गरिरहेकी एक युवतीमाथि आफनो हात राखको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

साराले आफनो बयानमा यसलाई पुरै तरिकाले अस्विकार्य भएको बताइन । राष्ट्रपति डोनाल्ड ट्रंप र अमेरीकी मिडियाको विचको सम्बन्धमा यसअघि पनि असमझदारी थियो, तर यो असमझदारी त्यो बेला बढ्यो जब उनले केही संवाददातहरुलाई “अशिष्ट” भने र उनले एक पीबीएसका संवाददातामाथि नस्लभेदी सवालको आरोप लगाए । यस संवाददाताले ट्रंपसँग श्वेत राष्ट्रवादिको बारेमा सवाल गरेका थिए ।

अमेरीकामा भएको मध्यावधि चुनावमा ट्रंपको रिपब्लिकन पार्टीलाई नराम्रो झट्का लागेको छ । डेमोक्रेटिभ पार्टिले कांग्रेसले तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा कब्जा जमाएको छ । यद्यपी, ट्रंपको पार्टी रिपब्लिकनको सिनेटमा बहुमत प्राप्त भएको छ । २०१६ मा भएको चुनावमा रिपब्लिकन पार्टीको कांग्रेसले दुबै सदनमा बहुमत प्राप्त गरेको थियो । तर मध्यावधि चुनावको परिणामले राष्ट्रपति ट्रंपले शासन चलाउनमा अवरोधहरुको सामना गर्नु पर्नेहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -