- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा पूरै टापु गायब भएपछि सरकारको होस उड्यो, टापु नभेटिए रुससँग विवाद हुन सक्ने

November 7, 2018
1544
Shares
- ADVERTISEMENT -

एजेन्सी, २१ कात्तिक २०७५ । मानिसका केही सामानहरु हराएको त हामीले सुनेका छौं तर जापानमा यस्तो घटना भएको छ जसले गर्दा जापान सरकारको होस उडेको छ । यही आइतबार यहाँ पूरै टापु गायब भएको थाहा भएपछि हंगामा भएको छ । यो टापु गायब भएको सरकारलाई पनि जानकारी थिएन । जापानको इसेबेहनाकोजिमा नामको टापु गायब भएको हो । यो सानो टापु थियो जसलाई जापानी जलसैनिकले सन् १९८७ मा फोला पारेका थिए ।

यो जापानको सीमाभित्र रहेका १५८ टापुमध्ये उक थियो । टापु हराएको थाहा भएपछि सरकारले यसको खोजी तीब्र पारेको छ । प्रशासनले यो टापु खोज्न ठूलो शक्ति लगाएको छ किनकि यो टापु हराएमा जापानको रुससँग सीमा विवाद पनि हुन सक्छ । टापु हराएको जानकारी सबैभन्दा पहिले हिरोशी शिमिजु नामका लेखकले पाएका थिए । यी लेखकले रहस्यमय र अन्जान टापुहरुको एउटा फोटो फिचर छाप्ने तयारी गर्दै थिए यसैका लागि उनी अलग अलग टापु घुमिरहेका थिए ।

- ADVERTISEMENT -

Advertisement

यही क्रममा उनी इसेबेहनाकोजिमा जाँदै थिए । उनले जीपीएसको माध्यमबाट यो टापुको अवस्थिति हेरेर त्यहाँ पुगे । तर, उनी डुङ्गा लिएर त्यहाँ पुग्दा यहाँ कुनै टापु थिएन । यो टापु सरफुस्तु नामको अर्को टापुदेखि मात्रै ५ सय मिटरको दूरीमा थियो । सरफुस्तुमा मानिसको बसोवास पनि छ । तर सरफुस्तुका नागरिकलाई नै थाहा छैन कि यो टापु त्यहाँ थियो । उनीहरुले लामो समयदेखि त्यहाँ जमिन नदेखेको बताएका छन् ।

टापु हराएको थाहा भएसँगै जापान सरकारले खोजी अभियान सुरु गरिसकेको छ । जापानका जलसैन्य टिमका लिडर टोमो फुजीका अनुसार यो टापु लामो समयदेखि तुफानी हावा, पानी र हिउँले खिइँदै हराएको हुन सक्छ । लामो समयदेखि यहाँ कसैले ध्यान नदिँदा टापु हराएको थाहा भएन । यदि यो टापु भेटिएन भने जापानले करिब ५ सय मिटर समुद्री क्षेत्र गुमाउनुपर्नेछ । यसका कारण जापान र रुसबीच सीमा विवाद पनि हुन सक्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -