२०८२ चैत २९, आइतबार
६:५९:०३ बेलुका
- ADVERTISEMENT -

काबुलमा अमेरिकी सैनिकको हत्या – नेटो

प्रकाशित मिति: २०७५ कात्तिक १८, आइतबार

1358
Shares

काबुल,कात्तिक १८ गते । अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ ।

तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ ।

पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान्त कान्दाहारमा अक्टोबर १८ तारिखका दिन भएका आक्रमणहरुको जिम्मेवारी तालिबानले लिएको छ ।

कान्दाहारमा भएको आक्रमणमा अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रमुख तथा नेटो कमान्डर जनरल स्कट मिलर भाग्यले बाँचेका थिए ।

प्रारम्भिक अध्ययनमा आक्रमणकारी अफगानी सैनिक रहेको पहिचान भएको छ, नेटोको विज्ञप्तीमा भनिएको छ । उक्त घटनामा आक्रमणकारी पनि मारिएका छन् ।

पछिल्लो घटना समेत अफगानिस्तानमा यसै वर्ष आन्तरिक आक्रमणमा मारिने सेनाको संख्या आठजना पुगेको छ । (रासस/एएफपी)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16