- ADVERTISEMENT -

टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल

November 1, 2018
1400
Shares
- ADVERTISEMENT -

एजेन्सी, १५ कात्तिक २०७५ । ट्रकीले विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । उसले आफ्नो ९५‌‍‍‍ औं स्थापना दिवसको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याएको हो ।

राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औं स्थापना दिवसको अवसर पारेर गत सोमबार यो विमानस्थलको उद्घाटन गरेका हुन् । करिब १२ बिलियन (१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् ।विमानस्थलको टलिप आकारको कन्ट्रोल टावारले सन्-२०१६मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा ‘फ्यूचर प्रोजेक्ट-इन्फ्रास्ट्रकचर’ पुरस्कार जितेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -