पाकिस्तानको सर्वोच्च अदालतले स्थानीय टिभि च्यानलमा प्रसारण हुने भारतीय फिल्म र टिभि कार्यक्रमलाई फेरी एकपटक रोक लगाएको छ । डाँन न्युज को खबर अनुसार, सर्वोच्च अदालत, पाकिस्तानी टिभि च्यानलमा प्रसारण हुने विदेशी सामाग्रीको सम्बन्धमा युनाइटेड प्रोड्यूसर्स एसोसियशनको निवेदन माथि सुनुवाइ गरीरहेको थियो ।

सुनुवाईको दौरान, प्रधान न्यायाधिश मियां साकीब निसारले भारतीय बिषय सामग्रीलाई बन्द गर्ने आदेश दियो र यो पनि स्पष्ट पारेको छ कि अधिकारीहरुले केबल उचित सामग्रीको प्रसारण मात्र गर्नु । निसारले भने “उनीहरु हाम्रो वाँध निर्माणमा वाधा पुर्याउने कोशिश गरीरहेका छन् र हामी किन उनीहरुको च्यानललाई प्रतिबन्ध पनि लगाउन सक्दैनौ ?”

मननयोग्य कुरा के छ भने पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियामक आयोग २०१६ मा स्थानीय टिभि च्यानल र एफएम, रेडियोमा भारतीय कार्यक्रम प्रसारणमा रोक लगाएको थियो । बहरहाल, लाहौर उच्च अदालतले २०१७ मा उक्त रोकलाई खारेज गर्दे यसलाई अवैध बताएको थियो किनभने यो सम्बन्धमा पाकिस्तानी सरकारबाट कुनै पनि रोकतोक थिएन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्