पोखरा, कात्तिक ९
छेउमा सेत्ताम्मे हिमाल, त्यसै हिमालको काखमा पोखरा प्रिमियर लिग (पीपीएल) । नेपालको तेस्रो फ्रेन्चाइज लिग पीपीएल क्रिकेट शुक्रबारबाट पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ ।
उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। पोखराले यो समाचार तयार पारिरहदा ८ ओभरमा एक विकेट गुमाएर ६६ रन बनाएको छ । पोखराका लागि कुशल भुर्तेल ३८ रन बनाएर सन्दिपको बलमा क्याच आउट भएका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयो । अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा पिपीएल उद्घाटन गर्नुभएको हो । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिताको विजेताले २७ लाख नगत पुरस्कार प्राप्त गर्नेछ । पीपीएल नेपालको सर्वाधिक धनराशी पुरस्कार हो । उपविजेताले १० लाख प्राप्त गर्ने छ ।