- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्काउट जङ्गल क्याम्पमा देउवा : यसरी गरे स्काउटको उच्च प्रशंसा

October 25, 2018
1533
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, कात्तिक ८

कांग्रेस सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताउनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताउनुभयो । “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ,” देउवाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले विकासका नयाँ नयाँ अवधारणको आगमनसँगै वातावरणलाई कसरी दिगो रुपमा बचाइ राख्ने भन्ने चुनौति थपिदै गएको पनि बताउनु भयो । वातावरण प्रदूषणले स्वस्थ खानपीनमा परेको असर र त्यसले जनस्वास्थ्यमा पारिएको नाकारात्मक प्रभाव अहिलेको युगको सबैभन्दा ठूलो चुनौती रहेको देउवाले बताउनुभयो ।

“तपाईहरुले स्काउटमार्फत यी विषयहरुमा फैलाउनु भएको जनचेतना प्रसंशनीय छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई फरक तरिकाले सोच्न तथा फरक खालको ज्ञान र सीपको विकास गर्न स्काउट अभियानले सहयोग गरेको महशुस गरेको छु ।” सभापति देउवाले स्काउटभित्र न कुनै जात र धर्म हुन्छ, न कुनै राजनैतिक विचार, वाद र क्षेत्रीयता हुन्छ भन्दै समग्रमा यसले मानवताको भावना बोकेको बताउनु भयो ।

सन् १९०८ को जनवरी २४ मा रोवर्ट बेडेन पावेल्सले बालबालिकाको अतिरिक्त क्रियाकलापसँगै सामाजिक सेवाको भाव सृजना गर्न बेलायतबाट स्काउट अभियान शुरु भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यसमा तीन करोड सदस्य गोलवद्ध हुनु खुसीको कुरा भएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने जङ्गल क्याम्पको उद्घाटन सत्रमा नेपाल स्काउटका केन्द्रीय संयोजक चन्दन कौसिक, बेलायत स्काउटको क्यावोट डिस्ट्रिकको प्रिन्टर लिडर रोवर्ट ल्युरेन्स, बेलायती स्काउट लेसि प्रोसर, नेपाली स्काउट लक्ष्मी ढकाल, क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारी, उपाध्यक्ष रामबहादुर भण्डारी लगायतले स्काउटको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा नेपाल स्काउटका दुई सय ३२ जना विद्यार्थी, स्काउट शिक्षक १२ जना, बेलायत स्काउटका ३३ जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका छन् । उनीहरुले तीन दिनसम्म मनोरञ्जनात्मक खेल, व्यावहारिक ज्ञान, प्राथामिक उपचारको तालिम लगायतका गतिविधि गर्ने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com