२०८३ वैशाख ६, आइतबार
७:४१:२७ बेलुका
- ADVERTISEMENT -

लादेनसँग सम्बन्ध भएका पत्रकार खशोग्गी हत्याले विश्वभर ल्याएकाे तरङ्ग

प्रकाशित मिति: २०७५ कात्तिक ७, बुधबार

1694
Shares

टर्कीमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको विषयमा थप जानकारी लिन अमेरिकी अनुसन्धान विभाग (सिआइए)का निर्देशक गिना हास्पेल सोमबार टर्की प्रस्थान गरे। अन्तर्राष्टिय समाचार संस्था रोर्यटसले यो विषयमा चासो राखिरहेको स्रोतलाई उद्धृत गर्दै सिआइए निर्देशक टर्की प्रस्थान गरेको बताएको छ। लेखेको छ, ‘यो प्रकरण अब अझै धेरैका लागि चासो र चर्चाको विषय बन्दैछ।’

पत्रकार खशोग्गी साउदीका राजकुमार माेहम्मद बिन सलमानको कट्टर आलोचकका रुपमा चिनिन्थे। उनले अमेरिकाको भने खुलेर प्रशंसा गर्ने गर्थे। राजकुमारको आलोचक भएकै कारण उनको हत्या भएको आशंका गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले यो विषयमा थप जाँच गर्न विज्ञ समूह टर्की पठाएको स्वीकारेका छन्। वासिङ्टन पोस्टका स्तम्भकारसमेत रहेका खशोग्गीको हत्याका विषयमा अमेरिकाले थप जानकारीहरु संकलन गरिरहेको ह्वाइट हाउसका वरिष्ठ सल्लाकार जेराड खुस्नेयरको भनाइ छ।

गएको हप्ता साउदी अरबले खशोग्गीलाई एक कार्यक्रममा भएको झगडाको दौरान मृत्यु भएको बताएको थियो र त्यसको उचित छानबिन गरेर हत्यारालाई सजाय दिन आग्रह गरेको थियो। तर अमेरिकी कानुन व्यवसायीहरुले उनको हत्या शंकास्पद रहेकाले यसको गम्भीर रुपमा जाँचपड्ताल हुनुपर्ने बताएका थिए।

खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदीको महावाणिज्य दूतावासको कार्यालयमा हत्या भएको थियो। खशोग्गी हत्या सम्बन्धीको समाचारमारसियन राष्ट्रिय समाचार संस्था स्पुतनिकले उनको हत्या सेप्टेम्बर २८ मा नै भएको थियो। स्पुतनिकले टर्कीका राष्ट्रपति रेसेप एर्दाेगानलाई उद्धृत गर्दै उक्त कुरा जनाएको हो।

उनको हत्यालाई राजनीतिक प्रतिशोधका रुपमा हेरिएको छ। उता अमेरिकाले टर्कीसँग खशोग्गी हत्या भएसँगै उनको हत्या सम्बन्धि प्राप्त सम्पूर्ण जानकारी आफूहरुलाई उपलब्ध गराउन अमेरिकाले आग्रह गरेको थियो। यस्तै पछिल्लो समय अमेरिकी सञ्चार माध्यमहरुले टर्कीले खशोग्गी हत्या सम्बन्धीत सम्पूर्ण विवरण अमेरिकालाई दिएको बताउने गरेका छन्। प्राप्त विवरणमा उनको हत्या भएको भिडियो पनि रहेको अमेरिकी सञ्चार माध्यमको दाबी छ।

उनको हत्यासँगै प्रगाढ रहेको अमेरिका साउदी अरबबीचको सम्बन्धमा नकारात्मक प्रभाव पनि परेको देखिन्छ। साउदी अरबको राजधानी रियादमा रहेका अमेरिकी परियोजनाका कर्मचारी तथा अधिकारीहरुले रियाद छोड्ने क्रम चलिरहेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेअाेले खशोग्गी हत्या सम्बन्धी सूचना संकलन गर्न आफ्ना मान्छे लागी परेको र अमेरिकाले आफ्नै मान्छेबाट प्राप्त गरेको सूचनालाई प्राथमिकताका साथ ग्रहण गर्ने बताएका छन्।

समाचारमा जनाइए अनुसार मृतक खशोग्गी टर्कीमा रहेकी आफ्नी ३६ वर्षीया महिला साथी हटिजेक चंगेजसँग विवाह गर्न चाहन्थे। उनीहरुको भेट गत मे महिनामा भएको अन्तर्राष्टिय सञ्चार माध्यमले बताएका छन्। त्यसैको तयारीका लागि उनी इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास पुगेका थिए। तर, उनी त्यहाँबाट फर्किन भने सफल भएनन्। उनको हत्याराको चौतर्फी खोजी हुँदै गर्दा उनको हत्यामा संलग्न रहेको आरोप लागेका साउदीका राजकुमार र खशोग्गीको छोराबीच रियादमा भेट भएको बेलायती सञ्चार माध्यम द मिररले बताएको छ।

गत हप्ता अमेरिकी विदेशमन्त्री पोम्पेअाे साउदी पुगेर त्यहाँका राजा सलमानसँग खशोग्गीको हत्याको विषयमा छलफल गरेका थिए। मध्य एसियामा अमेरिकाको एक महत्वपूर्ण स्थायी मित्रको रुपमा रहेको साउदीसँगको बिग्रँदो सम्बन्धले अमेरिकालाई पनि फाइदा नपुग्ने अमेरिकी राज्य संचालकहरुले बुझेका छन्। इरानसँग टम्प प्रशासनको छत्तिसको आँकडा चलिरहेको अवस्थामा साउदीसँगको उसको सम्बन्ध नाजुक अवस्थामा पुग्दा अमेरिकालाई फाइदा पक्कै हुने छैन।

को थिए खशोग्गी?

जमाल खशोग्गी १९५८ अक्टोबर १३ मा जन्मिएका हुन्। उनी अल अरब समाचार संस्थाको प्रधान सम्पादक रहेका थिए भने साउदीबाट प्रकाशित हुने पत्रिका अल वतनका सम्पादक पनि रहेका थिए। उनी साउदी अरबका राजकुमार र राजा दुवैको कट्टर आलोचक थिए भने यमनमाथि साउदीले गरेको आक्रमणको पनि उनले खुलेर विरोध गरेका थिए।

उनका पिता आदान खशोग्गी साउदी अरबका प्रतिष्ठित व्यवसायी र हतियार व्यापारी हुन् भने उनका हजुरबुबा मोहमद खशोग्गी टर्कीका नागरिक थिए। जसले साउदी महिलासँग विवाह गरेका थिए। उनी साउदीका पूर्वराजा अब्दुल अजी अल साउदका निजी चिकित्सक थिए। यस्तै उनका एक नातेदारको बेलायती राजकुमारी डायनासँग प्रेम सम्बन्ध रहेको थियो।

खशोग्गीले प्रारम्भिक चरणको शिक्षा साउदीमा नै हासिल गरेका थिए भने स्नाकोत्तर तहको शिक्षा अमेरिकाको इन्डियन स्टेट विश्वविद्यालयबाट सन् १९८२ मा सम्पन्न गरेका थिए। उनका हजुरबुवा आफैं यहुदी समुदायको भएकाले उनी यहुदी समुदायसँग नजिक रहेको भन्न सकिन्छ।

विश्वमा एक करोड पचास लाखको हाराहारी रहेको यहुदी समुदायको अमेरिकी राजनीतिमा निकै ठूलो प्रभाव रहेको छ। अमेरिकाको राजनीतिक लगानीकर्ताको रुपमा पनि चिनिएको यो समुदायको हितमा अमेरिका सधैँ तत्पर रहने अन्तर्राष्टिय सम्बन्धका जानकारहरु बताउँछन्। एकाध पटक अमेरिकाको आलोचना गरे पनि खशोग्गी अमेरिकी समर्थक रहेको बताइन्छ। उनी यहुदी समुदायसँग नजिक भएकाले पनि उनको हत्यामा अमेरिकाले बढी चासो दिएको हुन सक्ने विश्लेषकहरुको दाबी छ।

उनले गत अप्रिल ३ मा वासिङ्टन पोस्टमा प्रकाशित गरेको आफ्नो लेखमा साउदी अरब सन् १९७९ को स्थितिमा फर्किनु पर्ने बताएका थिए। त्यो स्थितिमा सरकारले कट्टर वहवी परम्परालाई कडाइका साथ बन्देज लगाएको थियो। उनले वर्तमान समयमा साउदीका महिलालाई पनि पुरुष सरहको अधिकार प्रदान गर्नु पर्ने बताएका थिए। टर्कीले जस्तै इस्लाम धर्म र धर्म निरपेक्षताबीचको मध्यमार्गीय बाटोमा साउदी अघि बढ्नु पर्ने उनको मत थियो। साउदीमा अभिव्यक्ति स्वतन्त्रता नहरहेकाे भन्दै उनले स्वतन्त्र प्रेसको पनि खुलेरै वकालत गर्ने गर्थे। वासिङ्टन पोस्टमा प्रकाशित उनको लेखमा साउदीले कतार माथि लगाएको नाकाबन्दीको पनि विरोध गरेका थिए भने साउदीको लेवनानसँगको राजनीतिक द्वन्द्व र क्यानडासँगको कूटनीतिक टकराबको पनि उनले आलोचना गरेका थिए।

खशोग्गी सम्बन्धी तयार पारिएको एक भिडियोमा सन् २००१ को अमेरिकी टुइन टावरमा भएको हमलाका मूख्य योजनाकार अाेसामा विन लादेनसँग पनि सम्बन्ध रहेको बताइएको छ। तर, लादेनसँगको उनको सम्बन्ध १९८० र ९० को दशकमा थियो। जब, लादेन अमेरिकाको स्वार्थ अन्तर्गत काम गर्थे। तत्कालीन समयमा लादेनले सोभियत संघविरुद्ध आतंककारी गतिविधि सञ्चालन गरेका थिए। उनै लादेनसँग एक पत्रकारको हैसियतमा खशोग्गीले बारम्बार अन्तर्वार्ता लिएका थिए।

खशोग्गी एक समय साउदी राजपरिवारको गुप्चतरको रुपमा पनि काम गरेको उनीसँग सम्बन्धित एक लेखमा जनाइएको छ। गुप्तचरको हैसियतमा उनले लादेनलाई साउदी राजपरिवारसँग मिलापत्र गर्न प्रेरित गर्ने गरेको लेखमा उल्लेख गरिएको छ।

साउदीबाट प्रकाशित हुने पत्रिका अल अरेबियाले एक समय खशोग्गीले लादेनलाई हिंसा छोड्न पनि आग्रह गरेको लेखेको छ। तर २००१ मा अल कायदाले अमेरिकामा आक्रमण गरेपछि उनले लादेनसँगको आफनो सम्बन्धलाई अन्त्य गरेको जनाइएको छ।

र यो पनि

खशोग्गीको टर्कीस्थित साउदीको महावाणिज्य दूतावास प्रवेश गरे पनि बाहिर नसिस्किएपछि उनको हत्या भएको आशंका गरिएको थियो। सुरुवाती दिनमा साउदीले यो आरोपको खण्डन गरेको थियो। तर, अाजसम्म अाइपुग्दा उसले पनि खशोग्गीको हत्या भएको स्वीकार गरेको छ। खशोग्गीको हत्या साउदी कै मिलेमतोमा भएको आशंका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् भने यो समाचारको साउदीले खण्डन गर्दै आएको छ।

यसैबीच, साउदी अरबको यस्तो जगन्य अपराधलाई कसरी लिने भन्ने विषयमा अमेरिकी राष्ट्रपति र त्यहाँका सिनेटरहरुबीच मतभिन्नता देखिन थालेको छ। एकातिर अमेरिका आफ्ना एक भरपर्दो मित्र राष्ट्रलाई विच्काउन चाहँदैन भने अर्कोतिर अमेरिकी सिनेटरहरु साउदीमाथि नाकाबन्दी लगाउनु पर्ने धारणा राखिरहेका छन्। हठात् रुपमा आफनो पूर्व नीति बदल्ने अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीका विषयमा कस्तो नीति अख्तियार गर्छन् भन्ने विषय सबैका लागि प्रतिक्षाको विषय भनेको छ।

(यो सामग्री विभिन्न एजेन्सीका समाचारहरुमा आधारित छ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98