Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:५१ बिहान
- ADVERTISEMENT -

दशैँ सकिएसँगै खुले कार्यालय, भएन चहलपहल

प्रकाशित मिति: २०७५ कात्तिक ६, मंगलबार

1049
Shares

काठमाडौँ, ६ कात्तिक २०७५ । दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल शुरु भए पनि कार्यालयहरु भने अझै सुनसान छन् ।

राजधानी आएका मानिस पनि टीका–जमरा लगाएर परिवारका साथ हिँडेको देख्न सकिन्छ । धेरै कर्मचारी बिदा लिएर बसेका छन् । कार्यालय आउने कर्मचारी पनि टीका लगाउन बाँकी छ भन्दै चाँडै नै हिँड्ने गरेका छन् ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरमा ७० कर्मचारी छन् । छ जनाले बिदा स्वीकृत गराएर बसेका छन् भने पाँच जनाले मौखिक रुपमा बिदा मागेर बसेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । विभिन्न निकायले गर्ने परीक्षाका लागि पाँच जना अधिकृतस्तरका कर्मचारी घरपायक पर्ने गरी काजमा खटिएको उनले बताए ।

आयोगका कोठाकोठा घुम्दा भने कर्मचारी भएको पाउन मुस्किल थियो । सिंहदरबार वैद्यखानामा ४८ कर्मचारी छन् । घर टाढा भएका १३ जनाले बिदा लिएर बसेको प्रशासकीय अधिकृत रुन्धताकुमारी खरेलले बताए । कार्यालयमा आएर छिटै हिँड्ने कर्मचारीको सङ्ख्या धेरै रहेको छ । कार्यालयमा स्थलगत रुपमा अनुगमन गर्ने हो भने प्रायः सबै कोठा खाली भेटिन्छन् । कर्मचारी फेला पार्न मुस्किल छ ।

वैद्यखानामा कार्यरत मनोज झा सार्वजनिक यातायातको अभावले गर्दा टीकाको भोलिपल्टै आउन मुस्किल भएको बताउँछन् । सवारी पाएर आए पनि बाटोमा सवारीको चापले गर्दा धेरैलाई दुःख दिएको छ । वैद्यखानाका निमित्त प्रमुख डा हरिदेवप्रसाद यादव अधिकांश कार्यालयमा आउने कर्मचारी चाडपर्वका बेला भागेर लुकेर हिँड्ने गरेको अनुभव सुनाउँछन् । कार्यालय भ्याउन जनकपुर घर भएका आदित्य ठाकुरले परिवारलाई उतै छोडेर आउन बाध्य हुनु परेको बताउनुभयो । परिवारका सबै जनालाई गाडीमा सिट नपाएपछि एक्लै आउनु परेको उनको गुनासो थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भने आइतबार एक जना पनि कर्मचारी प्रवेश गरेनन् । सोमबार दुई जना सेवाग्राही काम लिएर आएको प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए । सेवाग्राही नआए पनि आज केही कर्मचारी कार्यालय रुँगेर बसेको देखिन्छ ।

प्रवक्ता न्यौपाने सरकारले बिदा प्रणालीमा नै परिवर्तन गर्नुपर्ने बताउँछन् । सबैजसो मन्त्रालय रहेको सिंहदरबार परिसरभित्रको अवस्था पनि फरक छैन । कुनै पनि मन्त्रालयमा जानकारी दिने अधिकारी भेट्न सकिएन । बिदासम्बन्धी निर्णय गर्ने गृह मन्त्रालयको बा१ग २२३६ नंको बस कार्यालय समय सकिएपछि नौ जना कर्मचारी मात्र लिएर निस्केको थियो ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी घर टाढा भएका कर्मचारी बिदा लिएर बसेको हुनसक्ने बताउँछन् । कार्यालय खुलेपछि हाजिर हुनुपर्ने उनको भनाइ छ । सार्वजनिक बिदा कटौती गर्दा सबैले स्वागत गरेको प्रवक्ता सुवेदीले स्मरण गराए ।

सेवाग्राही नआए पनि कार्यालय खुल्दा बढी खर्च नलाग्ने मन्त्रालयले जनाएको छ । नेपालीको महान् पर्व दशैँ मनाउन पहिले दुर्गा पक्षका १५ दिन नै बिदा दिने चलन थियो । पछि काटेर १० दिनमा झारियो । यसै वर्षदेखि सरकारले यस पर्वका अवसरमा चार दिन मात्र बिदा दिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -