२०८३ वैशाख ८, मंगलबार
४:२४:४१ दिउँसो
- ADVERTISEMENT -

बजार अनुगमनमा कडाइ : राजमार्गका होटलमा दशैँँ केन्द्रित अनुगमन आजदेखि

प्रकाशित मिति: २०७५ असोज २९, सोमबार

1802
Shares

काठमाडौं, २९ असोज २०७५ । सरकारले दशैँँ केन्द्रित बजार अनुगमन सुरु गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँँ केन्द्रित विशेष अनुगमन सुरु गरेकोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दशैँ लक्षित गरी आइतबारदेखि राजमार्गका होटल तथा रेष्टुरेन्टमा अनुगमन गर्ने भएको छ । दशैँँको बिदामा समेत आवश्यकता हेरी अनुगमनको व्यवस्था गरिएको विभागले जनाएको छ ।

राजमार्गका होटलले खानालगायत अधिकांश वस्तुमा उपभोक्तासँग चर्को मूल्य असुल्ने र बासी तथा गुणस्तरहीन खाना खुवाउने गरेको अधिकांश यात्रुको गुनासो छ । सोही गुनासोमा विभागले आइतबारदेखि राजमार्गका होटलमा अनुगमन गर्न लागेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर अभियान २०७५ अन्तर्गत अनुगमनलाई निरन्तरता दिँदै आएको भए पनि दशैँँमा राजधानीबाहिर जाने यात्रुलाई ध्यानमा राखी राजमार्गका होटल तथा रेष्टुरेन्टमा अनुगमन सुरु गर्न लागिएको वस्तीले बताए । धादिङ, मुग्लिङ नारायणगढ क्षेत्रका साथै बीपी राजमार्गका होटलहरूमा पनि अनुगमन गरिने उनले बताए । बस्तीका अनुसार तुलनात्मकरूपमा बीपी राजमार्गका होटलमा कम समस्या देखिएको छ । विभागले अनुगमका क्रममा राजमार्गका होटलको वर्गीकरण गरी स्टिकर वितरण गर्ने गरेको छ ।

गुणस्तरका साथै राजमार्गमा होटलहरूले यात्रुसँग चर्को मूल्य असुल्ने गरेको गुनासो छ । तर खाद्य विभागलाई मूल्यको नियमानको अधिकार नभएकाले गुणस्तरमात्रै हेर्ने गरेको छ । मूल्यसमेत अनुगमन गर्नेगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षणको टोली खटिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले विगत केही दिनदेखि दुईवटा टोली राजमार्गका होटलको अनुगमनमा खटिएको जानकारी दिए ।

उनले हिमालय टाइम्सलाई भने, ‘राजमार्गका होटल तथा रेष्टुरेन्टहरूको अनुगमनका लागि एउटा टोली बीपी राजमार्ग र अर्को टोली धादिङ, मुग्लिङ, नारयणगढ र बुटवल क्षेत्रमा खटिएको छ । हामीले खासगरी राजमार्ग क्षेत्रका ठूला होटलको अनुगमनलाई केन्द्रित गरेका छौं ।’ उनले शुक्रबारदेखि अनुगमनमा थप जनशक्ति परिचालन गरिएको बताए । संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयसँग आवश्यक जनशक्ति माग गरी अनुगमनमा परिचालन गरिएको उनले जानकारी दिए । उक्त टोलीले आइतबार अनुगमन सुरु गर्ने उनले बताएका छन् ।

यसैबीच विभागले चर्को मूल्य लिई ठगी गरेको भन्दै राजधानीको जमलस्थित द कोरियन सपमा शुक्रबार सिलबन्दी गरेको छ । विभागको टोलीले अनुगमनका क्रममा सञ्चालकले ५ सय प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । उपभोक्ताको उजुरीका आधारमा विभागले अनुगमन गरी शिलबन्दी गरेको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार खरिद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको भेटिएको छ । ७० देखि ५ सय प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको उनले बताए । उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारबाही हुने उनले बताएका छन् । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन ।

खाद्य विभागले पनि केही साताअघि विराटनगरस्थित गोल्छा डेरी घ्यू उद्योग, काठमाडौंको गौशालास्थित अन्नपूर्ण स्वीट्स, व्यन्जन मिष्ठान्न भण्डार, नयाँबानेश्वरस्थित संगम स्वीट्स, धनगढी बजारस्थित वेल्स परिकार, डिलाइट क्याफे, जय बजरंग वली टे«डर्स, भुपेश जेनेरलस्टोर, धनबहादुर बोहोरा किराना पसल र महावीर मिष्ठान्न भण्डारमा अनुगमन गरेको थियो ।

भाडा फिर्ता

राससका अनुसार बडा दशैँमा घरजाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई शनिबार थानकोटमा कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि ती सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । विभागले शनिबार थानकोटमा अनुगमन थालेको हो ।

‘विभागले ७ सय तोकेको स्थानमा एक हजार ४ सय रुपैयाँ तोकेको स्थानमा ६ सयको चलानी गरेका सवारीलाई शनिबार कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईंहरूसँग कति भाडा लियो भनी जानकारी लिँदा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्’, उनले भने ।

काठमाडौंबाट जुम्लासम्मको भाडा दुई हजार ८ सय तोकिएकामा तीन हजार १ सय ५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारबाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताए ।

बढी भाडा लिने सवारीलाई पाँच हजारसम्म जरिवाना गरिएको छ । कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा ४ सय ८९ तोकिए पनि एक हजारसम्म व्यवसायीले उठाइरहेका छन् । बल्खुबाट हेटौंडा चल्ने टाटा सुमोको भाडादर ४ सय तोकिएकामा एक हजार, कलंकीबाट पोखराको भाडा ४ सय ८५ मा ९ सय, काठमाडौंबाट चितवनसम्मको भाडा ४ सय ९० तोकिएकामा ९ सय रुपैयाँसम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले जानकारी दिए ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उनले जनाए । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यकाबाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81