- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

October 14, 2018
1320
Shares
- ADVERTISEMENT -

काठमाडौँ, असोज २८ । आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमास्थालनमा स्वागत गरिएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरूद्दको खेल वर्षाले बीचमा नै बिथोलेपछि पूरा हुन पाएन । जसका कारण सिंगापुर र नेपालको समान अंक भए पनि रनरेटका आधारमा नेपाल विजेता बन्यो । शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दोस्रो चरणको एसिया कप छनोटमा नेपाल, सिंगापुर र मलेसियासँगै यूएई, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा : सन्दीप लामिछाने एकै प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा २१ विकेट लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com