२०८३ वैशाख ६, आइतबार
११:०५:४१ राति
- ADVERTISEMENT -

दसैँ विदामा पनि बन्दीप्रत्यक्षीकरण मुद्दा हेरिने

प्रकाशित मिति: २०७५ असोज २५, बिहीबार

1307
Shares

काठमाडौँ, असोज २५ गते । सर्वोच्च अदालतले दसैँ विदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीश तोकेको छ । यस्तै, मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्था अनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्ने व्यवस्थाका लागि पनि अधिकार तोकिएको छ ।

असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहनेछ । बन्दका अवधिमा बन्दीका मुद्दा र पक्राउ पुर्जी भने जारी हुनेछ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले मुद्दा हेर्ने न्यायाधीश तोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विजया दशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म मुद्दा हेर्नका लागि न्यायाधीश तोकिनुभएको छ ।’

सर्वोच्चको कार्यतालिका अनुसार बुधबार न्यायाधीश प्रकाशमानसिंह राउतलाई बन्दीको मुद्दा हेर्ने अधिकारी तोकिएको थियो । तर, कुनै पनि मुद्दा पेसीमा तोकिएन । यस्तै, बिहीबार र शुक्रबारका लागि पनि न्यायाधीश राउतलाई नै मुद्दा हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।
यस्तै असोज २८ गते आइतबार न्यायाधीश केदारप्रसाद चालिसेलाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ । असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै, वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई कात्तिक ४ गते मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ । कात्तिक २ र ३ गते भने अदालतले बन्दीका मुद्दा पनि सुनुवाइ गर्ने छैन । कार्यतालिका अनुसार कात्तिक ५ गतेदेखि ७ गतेसम्म न्यायाधीश सपना प्रधान मल्ललाई मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।

सर्वोच्च बाहेक पनि बन्दीका मुद्दा हेर्न र पक्राउ पुर्जी जारी गर्न अनुमति पाएका अदालतले मुद्दा हेर्ने र पुर्जी जारीका लागि व्यवस्था गर्नेछन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा (९) बमोजिम प्रहरीले अभियोग लागेका व्यक्ति पक्राउ गर्नुअघि मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्नेछ । यस्तै, मुद्दा हेर्ने अधिकारीको अनुपस्थितिमा कार्यरतमध्ये उच्च ओहोदाको कर्मचारीले पनि उक्त अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98