- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चाडपर्वलाई लक्षित गर्दै नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी प्रवेशमा रोक

October 10, 2018
1743
Shares
- ADVERTISEMENT -

धादिङ, असोज २४ । आजदेखि चाडपर्वलाई लक्षित गर्दै नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ। ‘चाडपर्व मनाउन राजधानीबाट पूर्वपश्चिम जाने सवारीको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाएको हो।

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ। यात्रुहरुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन ठाउँठाउँमा प्रहरी पनि परिचालन गरिएको प्रहरीले बताएका छन्।

- ADVERTISEMENT -

Advertisement

चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुलाई सहज र सजिलो बनाउनका लागि मालबहाक सवारी प्रवेश रोक लगाएको प्रहरीले जानकारी दिएको छ।

अघिल्ला बर्षहरुमा घटस्थापनादेखि राजमार्गमा सवारी चाप बृद्धि हुने गरेको छ। जसले गर्दा गन्तव्यमा नै पुग्न नसक्ने गरेको स्थानीयको जनगुनासोपछि यस वर्ष यस्तो व्यवस्था अपनाएको हो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -