- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतले रूससँग किनेकाे क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली कस्ताे

October 7, 2018
1716
Shares
- ADVERTISEMENT -

एजेन्सी , २१ असोज २०७५ । भारतले रुसबाट खरिद गरेको एस ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई भारतीय मिडियाहरुले दक्षिण ‘एशियाली सुरक्षामा नयाँ उपलब्धि’ रुपमा व्याख्या गरिरहेका छन्।

जमिनबाट अकाशमा मार हान्ने यो प्रतिरक्षा प्रणाली रणनीतिक महत्वका ठाउँको सुरक्षाका लागि खटाइन्छ। युद्धको समयमा पेट्रोलिय खानी वा विमानस्थलजस्ता सामारिक महत्वका ठाउँको सुरक्षामा यो प्रणाली तैनाथ हुने गरेको छ।

- ADVERTISEMENT -

Advertisement

यसले आफ्नो राडारभित्र लडाकु विमान, क्षेप्यास्त्र, ड्रोनदेखि बमसम्मलाई चार सय किलोमिटरको दुरी परै पहिल्याउन र खसाल्न सक्छ।

एकै समयमा ८० बस्तुलाई पहिचान गरेर खसाउन सक्ने यसको क्षमता हो। अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसँग प्रतिस्पर्धा गर्ने यो रुसको सशक्त सुरक्षा प्रणाली हो। सन् २००७ देखि नै रुसले यसलाई प्रयोगमा ल्याउँदै आएको छ। जसमा शक्तिशाली राडार जडान गरिएको हुन्छ। यसले कुनै पनि वस्तु निकै पर हुँदा नै पहिचान गर्छ र कमाण्ड भेइकललाई जानकारी गराउँछ। त्यसले सम्भावित बस्तुको पहिचान गरेर क्षेप्यास्त्र प्रहारका लागि निर्देशन दिन्छ।

- ADVERTISEMENT -

Advertisement

रसियाले यो प्रणाली दुई वर्ष पछिदेखि भारतमा आपूर्ति गर्न शुरु गर्नेछ। चीनले समेत किनेको यो सुरक्षा प्रणालीका लागि भारतले ५ अर्ब ४३ करोड अमेरिकी डलरमा खर्चेको छ। भारतले यो सुरक्षा संयन्त्र पाकिस्तान र चीनको सीमामा तैनाथ गर्न सक्ने सम्भावना प्रवल छ।

भारतीय सञ्चार माध्यमहरुले पाकिस्तानले दिल्लीलाई लक्षित गरेर क्षेप्यास्त्र हाने सीमा नजिकै रहेको शहर अमृतसर आइपुग्नुअघि नै खसाउने भारतीय वायु सेना सक्षम हुनेदावी गरेका छन्।

चीनले पनि २ वर्षअघि रुसबाट यो प्रतिरक्षा प्रणाली खरिद गरेको छ। चीनले यस्तो प्रतिरक्षा प्रणाली कति इकाइ खरिद गरेको हो भन्ने सार्वजनिक गरेको छैन। चीनमा यो आपूर्ति हुन शुरु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतले भने पाँच इकाइ खरिद गर्न लागेको हो ।

अमेरिकाले रुसी हतियार खरिद गर्ने देशहरुमाथि प्रतिबन्ध लगाउने विधेयक नै पारित गरेको छ। त्यसैगरी अमेरिकाका नेतृत्वमा रहेको पश्चिमा देशको सैनिक गठनबन्धन उत्तरी एट्लान्टिक सन्धि संगठन (नेटो) सदस्य रहेको टर्की पनि यो प्रतिरक्षा प्रणाली किन्ने तर्खरमा छ। साउदी अरब यो प्रतिरक्षा प्रणालीको खरिदको वार्ता प्रक्रिया रहेको छ। कतार र इराकले पनि इच्छा देखाएको समाचारहरु आएका छन्। तर यो प्रतिरक्षा प्रणाली बनाउने रुसी कम्पनी अमेरिकाकाे प्रतिबन्ध सूचीमा छ।

अमेरिकी संसदले युक्रेनको क्रिमियामाथि रुसी नियन्त्रण र सन् २०१६ को राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै मस्कोमाथि प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी संसदले रुसमाथि प्रतिबन्ध लगाउन विधेयक ‘काउन्टरिङ अमेरिकी एडभसरिज थ्रु स्यान्सन एक्ट(काट्स्क)’ पारित गरेको छ। जसलाई अगस्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको छ। अमेरिकी राष्ट्रपतिले चाहे रुसबाट हतियार खरिद गरे पनि सो मुलुकलाई प्रतिबन्ध छुट दिन सक्ने व्यवस्था छ। अब डोनाल्ड ट्रम्पले भारतबारे के गर्लान् भन्ने प्रतिक्षा भइरहेको छ। भारतले अमेरिकाबाट सहुलितय पाउन कुटनीतिक तथा सैन्य सम्बन्धको उपयोगलाई तीब्रता दिइरहेको कतिपयले विश्लेषण छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले प्रतिबन्ध एस ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली केन्द्रित रहने बताइरहेका छन्। भारतमाथि अमेरिकाको चाँडै प्रतिबन्धको घोषणा हुनसक्ने उनको भनाइ छ। भारत र रुसबीचका सैन्य सम्बन्ध निकै शीतयुद्धको समयदेखि कै हो। विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता भारत अहिले पनि आफ्ना सबै अस्त्रहरु रुसबाटै किनिरहेछ।

पछिल्लो दुई दशकमा अमेरिकाले पनि भारतसँग आफ्नो रक्षा सम्बन्धलाई विस्तार गरेको छ। अमेरिकाले हिन्द तथा प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई कम गर्न अघि सारेको इन्डो प्यासिफिक रणनीतिमा नयाँ दिल्ली महत्वपूर्ण साझेदार हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com