- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालको सान्त्वना जित, युएई ३ विकेटले पराजित

October 2, 2018
1499
Shares
- ADVERTISEMENT -

काठमाडौं, असोज १६

यू–१९ एसिया कप क्रिकेटमा नेपालले युएईलाई हराउदै सान्त्वना जित निकालेको छ । समूह चरणबाटै बाहिरिइसकेको नेपालले लिगको अन्तिम खेलमा यूएईविरुद्ध ३ विकेटको सान्त्वना जित हासिल गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बंगलादेशको साभरस्थित मैदानमा यूएईले दिएको २६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गरेको हो । यसअघिका खेलमा जस्तै आजको खेलमा पनि नेपालले सुरुवाति जोडीको प्रदर्शन राम्रो रहेन । ओपनरहरु तृपराज दासले ६ तथा रित गौतमले १८ रनमात्र बनाउन सके ।

त्यसपिछ कप्तान आसिफ शेख र सन्दीप जोराले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै इनिङ उकासे । व्यक्तिगत ३५ रनमा आसिफ आउट भएपछि आएका रोहितकुमार पौडेलले सन्दीप जोरासँग मिलेर ४९ रनको साझेदारी गरे ।

- ADVERTISEMENT -

Advertisement

३०औं ओभरको अन्तिम बलमा सन्दीप व्यक्तिगत ६७ रनको स्कोरमा आउट हुँदा नेपालले १५३ रन बनाएको थियो । त्यसपछि अरुण ऐरीले ४ र पवन सर्राफले ९ रनमात्र बनाउन सके । एउटा एण्डबाट विकेट गइरहे पनि रोहितले अर्को एण्डबाट पारी संहालेका थिए । खेलमा जित हासिल गर्न २ रन बाँकी रहँदा रनआउटको शिकार भएका रोहितले ८७ बलमा ९२ रनको शानदार पारी खेले । उनले ४ छक्का र ६ चौका प्रहार गरे ।

आठौं विकेटका रुपमा आएका रशिद खानले १४ बलमा २७ रनको विष्फोटक पारी खेले । बलिङतर्फ यूएईका अरुण बेञ्जामिन र आर्यन लाक्राले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २६८ रनको योगफल बनायो । यूएईका लागि फाहद नावाज ८४ र अंश टण्डनले ६७ रन बनाएका थिए । यी दुईले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरी टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

इनिङको अन्तिम २३ ओभरमा भने युएईले १ सय रनमात्र बनाउन सक्यो । सुरुआतमा कमजोर देखिएका नेपाली बलरहरुले इनिङको अन्त्यतिर आफ्नो प्रभाव कायम गरेका थिए । बलिङतर्फ नन्दन यादव, रसिद खान र पवन सर्राफले २–२ विकेट लिए भने सागर ढकाल र सोनु तामाङले १ विकेट लिए ।

यसअघिका दुवै खेलमा लगातार भारत र अफगानिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । नेपाल गत संस्करणको सेमिफाइनलिस्ट टोली हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -