काठमाडौं, ६ असोज २०७५ । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएपछि खानेपानी मन्त्रालयमा खैलाबैला मच्चिइएको छ । उक्त घटनाको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरवाही प्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गराउछ मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको सन्दर्भमा यस किसिमको घटना हुनु दुःखद कुरा हो ।

यस घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न मन्त्रालयबाट सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन भएको व्यवहोरा सबैमा सूचित गरिएको छ । मन्त्री विना मगरकी स्वकीय अधिकृत विजयदेव भट्टराईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्