२०८२ चैत २९, आइतबार
६:४८:५२ बेलुका
- ADVERTISEMENT -

दसैंलाई ४० अर्ब नयाँ नोट

प्रकाशित मिति: २०७५ असोज ३, बुधबार

1859
Shares

काठमाडौं, ३ असोज २०७५ । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । उनका अनुसार अब २–३ दिनभित्र हुने छलफलले सटही सुरु हुने दिन र तौरतरिका टुंगो लगाउने छ । बैंकले दसैंलाई हेरेर नयाँ नोट छपाइसकेको छ । साना र ठूला दरका नयाँ नोट बजारमा जानेछन् ।

राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाउने छ । अघिल्लो बर्ष केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था गरेको थियो । यसपालि पनि मुद्रा व्यवस्थापन विभागबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ हाराहारी नोट साट्न पाइने व्यवस्था गर्न लागिएको हो ।

अघिल्लो वर्ष नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको थियो । सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको थियो । त्यस्तो व्यवस्थाले भीड कम भएको राष्ट्र बैंकको भनाइ छ ।

अघिल्लो वर्ष नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको थियो। ती ठाउँबाट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था गरिएको थियो ।

पोहोर दसैंमा संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको थियो । यसपालि पनि त्यही तरिका अपनाइने राष्ट्र बैंकको भनाइ छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई नयाँ नोट साटिदिनेछन् । उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण गरिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले छिट्टै सर्वसाधारणलाई नयाँ नोट सटहीबारे जानकारी गराउन सूचना जारी गर्ने जनाएको छ। सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक दरका नोटका १०० वटाको प्याकेटमात्र साटिने छ ।

विगतमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट नयाँ नोट साटेर ग्राहकलाई वितरण गरेका थिए। यसपटक पनि त्यस्तो व्यवस्था गर्ने एक बैंकरले जानकारी दिनुभयो ।

दसैंमा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई मात्र नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएबापत अतिरिक्त आम्दानी हुँदैन तर उनीहरुले सम्बन्ध सुधारका लागि नयाँ नोट साटिदिने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन् ।

नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय खाद्यान्न, लताकपडा र यातायात खर्च बढेसँगै साना दरका नोटभन्दा मध्यम खालका नोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन्। टीका लगाएर ५ र १० को एउटा नोट दिन नसुहाउने समय आएको उनीहरुको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16