गोरखा, भाद्र २९, २०७५ । ग्लोबल आइएमई बैंक ले गोरखाको गोरखा बजारमा शाखा विस्तार गरेको छ ।
एक कार्यक्रमका विच उक्त शाखाको उद्घाटन गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा गरे ।
त्यस्तै सोहि शाखामा खोलिएको एटिएमको शुभारम्भ गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले गरीन ।
त्यस्तै बैंकले बिहिबार नवलपरासीको गंैडाकोटमा १३२ औ शाखा र १३७औ एटिएम सेव पनि सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ ।