Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४७:१६ बिहान
- ADVERTISEMENT -

जापानी कम्पनी रेनेसासले अर्को कम्पनी खरिद गर्ने, सेयरमा ५.५४ प्रतिशत बृद्धि

प्रकाशित मिति: २०७५ भदौ २९, शुक्रबार

1398
Shares

टोकियो , २९ भदौ २०७५ । जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ । उक्त समाचार प्रकाशनमा आएलगत्तै रेनेसासको सेयरमा ५.५४ प्रतिशत वृद्धि भएको थियो ।

कम्पनी खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०१९ को मध्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । तर कम्पनी खरिदको अन्तिम टुङ्गो आइडीटीका सेयर लगानीकर्ता र सम्बन्धित नियामक निकायको स्वीकृतिपछि हुनेछ, रेनेसासको विज्ञप्तिमा उल्लेख छ ।

रेनेसासले नयाँ कम्पनी खरिद गर्न ६ अर्ब डलर बैंकबाट ऋण लिने र बाँकी कम्पनीको नगदबाट व्यवस्था गरिने जनाएको छ । नयाँ कम्पनीको खरिदबाट औद्योगिक र सवारीसाधनका क्षेत्रमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

जापानका प्रतिष्ठित कम्पनीहरु हिटाची, मित्सुबिसी इलेक्ट्रिक र एनइसीका माइक्रोचिप्स इकाईहरु मर्ज (बिलय) गरी रेनेसास इलेक्ट्रोनिक्सको स्थापना भएको थियो । तर बजारमा तीव्र प्रतिस्पर्धाका कारण घाटा व्यहोर्न बाध्य यस कम्पनीलाई सरकारी ऋण सहयोगमा सन् २०१३ मा पुनर्जीवित तुल्याइएको थियो ।

कम्पनी घाटामा गएसँगै कामदार कटौती गरिएको थियो । युरोप प्लान्टबाट मात्र एक हजारभन्दा बढी कामदार हटाइएको थियो । त्यसयता कम्पनीको आर्थिक स्थितिमा सुधार आउनुका साथै नयाँ कम्पनी खरिद गर्ने स्थितिमा अहिले देखा परेको छ ।

सन् २०१६ मा रेनेसासले तीन अर्ब २० करोड डलरमा अमेरिकाको सानो चिप निर्माता इन्टरसील खरिद गरेको थियो ।

नयाँ खरिद गर्न प्रस्तावित आइडीटी अर्थात इन्टिग्रेटेड डिभाइस टेक्नोलोजीमा विश्वभर एक हजार ७०० कर्मचारी कार्यरत छन् । यस कम्पनीले सन् २०१७–१८ मा करिब ८४ करोड २८ लाख बराबरको कारोबार गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -