२०८३ वैशाख ६, आइतबार
११:१३:५२ राति
- ADVERTISEMENT -

शान्ति प्रकियाको नेपाली मोडल अध्ययन गर्न अफगानी टोली काठमाडौंमा

प्रकाशित मिति: २०७५ भदौ २६, मंगलबार

1485
Shares

काठमाडौं, भदौ २६ । नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटघाट गरेको छ ।

नेपालको शान्तिप्रक्रियाको अध्ययन गर्न आएको अफगानीस्तानका पूर्वमन्त्री डा.हबिबा साराबी नेतृत्वको उच्च शान्ति परिषदको प्रतिनिधि मण्डलले मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर उपराष्ट्रपतिसँग भेटघाट गरेको हो ।

उपराष्ट्रपतिले अफगानीस्तान उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसँगको भेटमा नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय र नमूनायोग्य भएको बताए । उनले नेपालले आफ्नै मौलिकतामा शान्तिप्रक्रिया सम्पन्न गरेको बताए ।

‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय छ, द्वन्द्वरत मुलुकहरुले नेपालको शान्तिप्रक्रियाबाट सिक्न सक्छन्,’ उनले भने, ‘अफगानीस्तानमा शान्तिप्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा खुशी लाग्यो, नेपालबाट अफगानीस्तानले सिक्न सक्छ ।’

उपराष्ट्रपतिले स्थायी शान्तिका लागि द्वन्द्वरत दुवै पक्ष उत्तिकै गम्भीर र जिम्मेवार हुनुपर्ने बताउनुभयो । ‘यो एउटा लेनदेनको प्रक्रिया पनि हो । लिने र दिने दुवैले ध्यान दिनपर्छ की हाम्रो मध्यविन्दु कहाँ हो । मध्य विन्दु पत्ता लाग्यो भने शान्तिप्रक्रिया अगाडि बढ्छ’, उनले भने, ‘दुवै पक्ष आ–आफ्नो अडानमा रह्यो भने शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन ।’

उपराष्ट्रपतिले अफगानीस्तानलाई शान्तिप्रक्रिया आफ्नो मौलिकतामा अगाडि बढाउन सुझाव दिनुभयो । ‘शान्तिप्रक्रियाका लागि विभिन्न अनुभवहरु छन् । तर, मलाई लाग्छ अफगानीस्तानले आफ्नो मौलिकता रोज्नुपर्दछ’, उनले भने, ‘नेपालबाट केहीं सिक्न सक्नुहुन्छ, तर प्रमुख कुरा त्यो होइन । यदि सहयोगको आवश्यक पर्छ भने हामी तयार छौँ ।’ उहाँले अफगानीस्तानको शान्तिप्रक्रिया सफलताको शुभकामना पनि दिनुभयो ।

भेटमा अफगानीस्तान उच्च शान्ति परिषद्का नेतृत्व गर्नुभएकी पूर्वमन्त्री डा हबिबा साराबीले अफगानीस्तान शान्तिप्रक्रियामा अगाडि बढेको बताए । उनले नेपालको शान्तिप्रक्रियाबाट सिक्नका लागि आफूहरु नेपाल भ्रमणमा आएको बताए ।

‘हामी शान्तिप्रक्रियामा छौँ । नेपालको शान्तिप्रक्रियाको अध्ययन गर्ने क्रममा शान्तिप्रक्रियाका महत्वपूर्ण व्यक्तित्व उपराष्ट्रपतिज्यूसँग भेट्न पाउँदा र धेरै कुरा सिक्न पाउँदा खुशी छौँ’, पूर्वमन्त्री साराबीले भने, ‘नेपालको शान्तिप्रक्रिया साँच्चीकै विश्वका लागि उदाहरणीय रहेछ ।’

अफगानिस्तानमा शान्तिप्रक्रियाको लागि उच्च शान्ति परिषद्ले काम गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98