२०८२ चैत २९, आइतबार
७:००:०४ बेलुका
- ADVERTISEMENT -

वडा कप फुटबल २०७५ को ट्रफी बौद्ध हिमाललाई

प्रकाशित मिति: २०७५ भदौ २५, सोमबार

1632
Shares

गोरखा,  भाद्र २५ गते । पालुङटार नगरपालिका वडा नं. ५ को आयोजना तथा बौद्ध हिमाल युवा क्लबको व्यवस्थापनमा सम्पन्न प्रथम वडा कप फुटबल प्रतियोगिताको ट्रफी बौद्ध हिमाल युवा क्लबको टिम ए ले उचालेको छ ।

यही भाद्र २१ गते देखि २४ गते सम्म आयोजित प्रतियोगिताको फाईनलमा शिवशक्ति युवा क्लबलाई ३–० को अग्रताले पछि पार्दै बौद्ध हिमाल युवा क्लब विजयी भएको हो ।

ब्लू स्टार युवा क्लब टिम ए लाई पछि १–० ले पछि पार्दै फाईनल प्रवेश गरेको बौद्ध हिमाल र ब्लू स्टार युवा क्लब टिम बी लाई २–० ले पछि पार्दै प्रवेश गरेको फाईनल खेलमा बौद्ध हिमालको लागि विशाल रानाले १, विकल रानाले १ र साजन श्रेष्ठले १ गोलको योगदान गर्न सफल भएका थिए, त्यस्तै फाईनल खेलको म्यान अफ दि म्याच विशाल राना भएका थिए ।

नौ वटा टिम सहभागी प्रतियोगितामा वडा नं. ५ भित्र रहेका ६ ओटा युवा क्लबका बढीमा दुई ओटा टिम सहभागी भएका थिए । वडा कप २०७५ को उत्कृष्ट गोल रक्षक बौद्ध हिमालका अमिन राजभाट, उत्कृष्ट डिफेन्स बौद्ध हिमालकै अमृत कुँवर, सर्वाधिक गोलकर्ता शिवशक्तिका आशिष खरेल र उत्कृष्ट खेलाडी बौद्ध हिमालका सरोज गिरी भएका थिए ।

वडा नं. ५ को उत्कृष्ट फुटबल टिम निर्माण गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. २०,०००÷– ट्रफी र मेडल तथा द्धितिय पुरस्कार नगद रु. १३,०००÷– ट्रफी र मेडल राखिएको थियो ।

यस वर्ष बौद्ध हिमाल युवा क्लबले व्यवस्थापन गरेको वडा कप फुटबल २०७६ सालमा ब्लू स्टार युवा क्लबले गर्ने कार्यक्रम रहेको छ । हरेको वर्ष नियमित आयोजना हुने वडा कपले फुटबलले सबैलाई जोड्ने र राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आशा गरिएको वडा नं. ५ का वडा अध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16