- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा ६.६ म्याग्निच्युडको भूकम्प

September 6, 2018
1355
Shares
- ADVERTISEMENT -

टोकियो, २१ भदौ २०७५ । उत्तरी जापानको होक्काइदो द्वीपमा आज (बिहीबार) ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरू भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यस क्षेत्रमा विद्युत सेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ । यस भूकम्पको केन्द्रबिन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौँ घर ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौँ व्यक्तिलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी अधिकारीहरूलगायत करिब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताए । सो उद्धारकार्यमा अरू करिब २० हजार सैनिक पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए ।

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -