२०८३ वैशाख ८, मंगलबार
४:१०:१९ दिउँसो
- ADVERTISEMENT -

जापनमा ताइफुका कारण मृत्यू हुनेको संख्या १० पुग्यो, दर्जनौ घाइते

प्रकाशित मिति: २०७५ भदौ २०, बुधबार

3501
Shares

टोकियो, २० भदौ २०७५ । जापानमा मङ्गलवार आएको शक्तिशाली आँधीबाट १० जनाको ज्यान गएको जापानी सन्चारमाध्यमले जनाएको छ ।

जापानमा २५ बर्ष यताकै शक्तिशाली मानिएको जेबी नाम दिइएको यो सिजनको २१ औ ताइफु सो आँधी प्रतिघण्टा २ सय १६ किलोमिटरको गतिमा अगाडि बढिरहेको र यसले यहाँको जनजीवन अस्तव्यस्त बनाइदिएको छ ।

भारी वर्षासहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानमा अधिकांश स्थानमा यातायात पनि ठप्प रहेको छ भने कान्साई अन्तराष्ट्रिय विमानस्थल जलमग्न बनेको छ । एअरपोर्टमा ३००० भन्दा बढि यात्रीहरु रोकिएको छ ।

विमानस्थलको रनवे र टर्मिनलमा बाढी पसेका कारण अवस्था गम्भीर बनेको स्थानीय अधिकारीले बताएका छन् ।

ओशाका बन्दरगाहमा दर्जनौं जहाजहरु बाढीले बगेको एक एक जाहाज पुलमा अड्किदा पुलमा समेत क्षति पुगेको बताइएको छ । जहाजका क्रु सदस्यहरु भने सकुशल रहेको जानकारी आएको छ ।

हावाहुरीका कारण पश्चिम जापानमा केही ट्रकहरु राजमार्गमै पल्टिएको प्रहरीको बताएको छ । त्यस्तै कन्साइ विमास्थल र ओशाका प्रिफेक्चरको शहर इजुमिसानोलाई जोड्ने पुलनजिक एक ट्याङ्कर अनियन्त्रित भइ पल्टिदाँ टयाङ्कर र पुल क्षतिग्रस्त भएको भएपनि यात्रुहरु भने सकुशल रहेको बताइएको छ ।

त्यस्तै ताइफुकै टोकियो लगायत मध्य जापानका विभिन्न स्थानहरुमा रेल सेवा अबरुद्ध हुँदा लाखौं यात्रुहरु मर्कामा परेका छन् । ठूलो हावाहुरीका साथ अगाडि बढिरहेको ताइफुका कारण क्योतो स्टेशनमा शक्तिशाली हावाहुरीका कारण सिसाको छानो उडाउँदा केही मानिस घाइते भएको बताइएको छ ।

ओशाकामा विद्युत प्रवाहमा अवरोध हुँदा १६ लाख भन्दा बढि घरहरु विद्युत विहिन बनेको बताइएको छ । टोकियो देखि ओशाकासम्म चल्ने सिनकानसेन पनि बन्द रहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरिएको छ । नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सरकारी सूचनाहरुलाई मनन गर्न मौसमविद्हरुले सुझाएका छन् ।

उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री सिञ्जो आवेले सतर्कता अपनाउन नागरिकलाई अनुरोध समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81