- ADVERTISEMENT -

जापनमा ताइफुका कारण मृत्यू हुनेको संख्या १० पुग्यो, दर्जनौ घाइते

September 5, 2018
3447
Shares
- ADVERTISEMENT -

टोकियो, २० भदौ २०७५ । जापानमा मङ्गलवार आएको शक्तिशाली आँधीबाट १० जनाको ज्यान गएको जापानी सन्चारमाध्यमले जनाएको छ ।

जापानमा २५ बर्ष यताकै शक्तिशाली मानिएको जेबी नाम दिइएको यो सिजनको २१ औ ताइफु सो आँधी प्रतिघण्टा २ सय १६ किलोमिटरको गतिमा अगाडि बढिरहेको र यसले यहाँको जनजीवन अस्तव्यस्त बनाइदिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भारी वर्षासहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानमा अधिकांश स्थानमा यातायात पनि ठप्प रहेको छ भने कान्साई अन्तराष्ट्रिय विमानस्थल जलमग्न बनेको छ । एअरपोर्टमा ३००० भन्दा बढि यात्रीहरु रोकिएको छ ।

विमानस्थलको रनवे र टर्मिनलमा बाढी पसेका कारण अवस्था गम्भीर बनेको स्थानीय अधिकारीले बताएका छन् ।

ओशाका बन्दरगाहमा दर्जनौं जहाजहरु बाढीले बगेको एक एक जाहाज पुलमा अड्किदा पुलमा समेत क्षति पुगेको बताइएको छ । जहाजका क्रु सदस्यहरु भने सकुशल रहेको जानकारी आएको छ ।

हावाहुरीका कारण पश्चिम जापानमा केही ट्रकहरु राजमार्गमै पल्टिएको प्रहरीको बताएको छ । त्यस्तै कन्साइ विमास्थल र ओशाका प्रिफेक्चरको शहर इजुमिसानोलाई जोड्ने पुलनजिक एक ट्याङ्कर अनियन्त्रित भइ पल्टिदाँ टयाङ्कर र पुल क्षतिग्रस्त भएको भएपनि यात्रुहरु भने सकुशल रहेको बताइएको छ ।

त्यस्तै ताइफुकै टोकियो लगायत मध्य जापानका विभिन्न स्थानहरुमा रेल सेवा अबरुद्ध हुँदा लाखौं यात्रुहरु मर्कामा परेका छन् । ठूलो हावाहुरीका साथ अगाडि बढिरहेको ताइफुका कारण क्योतो स्टेशनमा शक्तिशाली हावाहुरीका कारण सिसाको छानो उडाउँदा केही मानिस घाइते भएको बताइएको छ ।

ओशाकामा विद्युत प्रवाहमा अवरोध हुँदा १६ लाख भन्दा बढि घरहरु विद्युत विहिन बनेको बताइएको छ । टोकियो देखि ओशाकासम्म चल्ने सिनकानसेन पनि बन्द रहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरिएको छ । नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सरकारी सूचनाहरुलाई मनन गर्न मौसमविद्हरुले सुझाएका छन् ।

उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री सिञ्जो आवेले सतर्कता अपनाउन नागरिकलाई अनुरोध समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -