२०८३ वैशाख ६, आइतबार
११:१८:४१ राति
- ADVERTISEMENT -

चिकित्सकको एकहप्ते आन्दोलनका कार्यक्रम

प्रकाशित मिति: २०७५ भदौ १७, आइतबार

1542
Shares

काठमाडौँ, भदौ १७ गते । मुलुकी अपराध (संहिता) ले चिकित्सा पेशालाई अपराधीकरण गरेको भन्दै नेपाल चिकित्सक सङ्घले एकहप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्यमान अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने ठहर गर्दै सङ्घले आइतबार साङ्केतिक हड्ताल स्वरुप देशैभरिका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले वर्तमान अवस्थामा चिकित्सकले स्वास्थ्य उपचार दिन नसक्ने भन्दै आन्दोलनको विकल्प नभएको जानकारी दिनुभयो । सप्ताह व्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको भन्दै उहाँले सोमबारदेखि दिनहँु आन्दोलनका कार्यक्रम राखिएको बताउनुभयो ।

यता नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफू सङ्घको नेतृत्वसँग सम्पर्कमा रहेको जानकारी दिदै चिकित्सकका मागमा सरकार गम्भीर रहेको जानकारी दिनुभयो । शुक्रबारमात्र सङ्घका पदाधिकारीसँग मेरो भेटघाट भएको थियो, नेता नेम्वाङले भन्नुभयो, “मैले तत्काललाई आन्दोलन रोक्नुस्, म यो कुरा प्रधानमन्त्रीसँग पनि राख्छु भनेको छु ।” चिकित्सकका मागका विषयमा आफूले प्रधानमन्त्रीलाई जानकारी गराइसकेको बताउँदै उहाँले सरकार पनि यो विषयमा गम्भीर रहेको जानकारी दिनुभयो । चिकित्सकले उठाएका विषयलाई कसरी मिलाउन सकिन्छ भन्ने विषय प्रमुख रहेको भन्दै नेम्वाङले संसद्मा चारवर्षसम्म छलफल भएको विषयमा त्यो बेला यो विषय उठाइएको भए त्यही समय हल भइसक्थ्यो भन्नुभयो ।

त्यो बेला चिकित्सकहरू पनि चुपचाप लाग्नुभएको स्मरण गराउँदै उहाँले थप्नुभयो, “सरकार यो विषयमा गम्भीर भएकोले अहिलेलाई चिकित्सक सङ्घले आन्दोलन रोक्नुपर्दछ ।”

यता सङ्घले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरुमा सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरू बन्द गर्ने, मङगलबार आकस्मिक बाहेकका अन्य अन्तरङग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने घोषणा गरेको छ ।

सङघका महासचिव डा. लोचन कार्कीले मुलुकी अपराध संहितालाई संशोधन गर्नका लागि १५ दिनको समयसिमा दिँदासमेत सरकारले बेवास्ता गरेको कारण आन्दोलन गर्नुपरेको प्रष्ट्याउनुभयो । डा. कार्कीले एकहप्ते कार्यक्रम अन्र्तगत विहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याव तथा रेडियोलोजी सेवाहरू बन्द गर्ने र शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जानकारी दिनुभयो ।

आइतबार मध्यान्ह १२ बजे एप्रोन सहित सम्पूर्ण चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर विरोध गर्ने जानकारी दिइएको छ । महासविच डा. कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवादित दफा तथा उपदफाहरूमा संशोधन तयार गरी संसद्मा पठाउने प्रतिबद्धता जारी गरे तापनि हालसम्म त्यसको सुनुवाई नगरेकोले आन्दोलन गरेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98