- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौं दुनियाँभरिको शिव र बुद्धभक्तको आस्थाको केन्द्र, ॐ मनी पद्मे र ॐ नम शिवाय: कत्तिखेर एकाकर हुन्छ थाहै हुँदैन् : मोदी

August 31, 2018
1932
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं दुनियाँभरिको शिव र बुद्धभक्तको आस्थाको केन्द्र भएको बताएका छन् ।
शुक्रबार साँझ काठमाडौंमा चास सय बेडको नेपाल–भारत मैत्री पशुपति धर्मशालाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त उद्धघाट्न गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भने,‘काठमाडौंको यो पवित्र धर्ती समावेशी छ । यहाँ मलेमिलाप छ । काठमाडौंको गल्लीहरुमा भगवानको छनक पाईन्छ । बौद्ध आस्थाको अनेकौं । ॐ मनी पद्मे र ॐ नम शिवाय: कत्तिखेर एकाकर हुन्छ थाहै हुँदैन्।’

- ADVERTISEMENT -

Advertisement

लुम्बिनीले दुनियाँलाई गौतम बुद्ध दिएको बताउँदै मोदीले भने,‘भारत र नेपालबीचमा आस्था, अस्मिता र आफनोपनको साझेदारी छ । अनमोल खजना र विरासता छ । हामी दुवै देशबीच अनेकौं सभ्यता र संस्कृति समान छ ।’

त्यस्तै उनले भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनमा आफूलाई सबैभन्दा पहिले श्रद्धाञ्जली नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको सुनाउँदै यसले पनि नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ रहेको पुष्टि गर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै उनले काठमाडौं र नयाँ दिल्लीको सरकार मिल्यो भने हरेक हिन्दुस्तानीबीच तागद बन्ने सुनाए । उनले भने,‘पिपुल–टु–पिपुल रिलेशन अघि बढाउन यो धर्मशालाले काम गरेको छ ।’

आफू काठमाडौं आउँदा यहाँका जनताको भारतप्रति अत्यन्तै प्रगाढ भावना रहेको पाएको सुनाउँदै मोदीले भने,‘यही आत्मियता नजर आउँछ । आजभन्दा चार वर्ष पहिले म साउनको अन्तिम सोमबारमा पहिलोपटक नेपाल आएको थिएँ । पशुपतिनाथको चरणमा पूजा गर्ने अवसर मिल्यो । पछिल्लो समय म नेपाल आउँदा जनकपुर, पशुपति र मुक्तिनाथको दर्शन गर्ने अवसर मिल्यो । अहिले पूनः बाबा पशुपतिनाथको दर्शन गर्ने फेरि एकपटक मौका पाएको छु ।’

आफूमात्रै नभएर भारतका करोडौं आध्यात्मिक, धार्मिक र शिवभक्तीमा लिन हुनेहरुले पशुपतिनाथको एक पटक दर्शन गर्न आग्रह गरे ।
काठमाडौं र कन्याकुमारीबीच प्रकृतिको कुनै सिमा नभएको सुनाउँदै मोदीले भने,‘श्रद्धालुको यहाँ घुईचो भएको ठाउँमा भारत सरकारलाई भेटी दिने सौभाग्य प्राप्त भएको छ । नेपालको विविधिता एकता छ । यसले हरपल नयाँ मजबुदी प्रदान गर्छ ।’

सोमनाथको धर्तीबाट आफू आएको बताउँदै मोदील्े भने,‘सोमनाथ, विश्वनाथ, विश्वनाथदेखि पशुपतिनाथ, माता सिता, जनकपुरको अयोध्यता, मुक्तिनाथको विश्वमै महत्व छ ।’

यो दुनियाँभरिको शिवभक्त काठमाडौंको पवित्र धर्तीमा पाइने उनको विश्वास छ । उनले थपे,‘काठमाडौं समावेशी छ । यहाँ मलेमिलाप छ । काठमाडौंको गल्लीहरुमा भगवानको छनक पाईन्छ । बौद्ध आस्थाको अनेकौं रुप तथा स्वरुप पाईन्छ । ॐ मनी पद्मे र ॐ नम शिवायः कत्तिखेर एकाकर हुन्छ थाहै हुँदैन?’

लुम्बिनीले दुनियाँलाई गौतम बुद्ध दिएको सुनाउँदै उनले भने,‘भारत र नेपालबीचमा आस्था, अस्मिता र आफनोपनको साझेदारी छ । अनमोल खजना र विरासता छ । हामी दुवै देशबीच अनेकौं सभ्यता छ।’

आफू र नेपालका प्रधानमन्त्री ओलीले सबैको कल्याणको कामना गरेको सुनाउँदै उनले भने,‘हाम्रो कामना भनेको नै सबैको कल्याण हो । दुवै देशको भविष्य यही भावनाबाट हाँसिल हुन्छ । जब सबैको विकास हुन्छ । हामी अब रिफर्म, परफर्म र टा«न्फर्ममार्फत अघि बढ्नुपर्छ।’

नेपालले प्रगति पथतर्फ आफ्नो गति अघि बढाएको पनि उनले सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीजीले नेपाली जनजनको विश्वास दिलाउन चाहनुभएको छ, तपाईहरु सबैको जीवन मंगलमय बनाउन चाहनुभएको छ, यसको लागि भारतको सहयोग तपाईहरुको लागि हमेशा–हमेशा साथ रहन्छ ।’

भारत–नेपाल मैत्री धर्मशाला खाली एउटा धर्मशालामात्रै नभएर नेपाल–भारत सुमधुर सम्बन्धको सुचक पनि रहेको सुनाए । उनले भने,‘यो धर्मशाला कोही ईमारतामात्रै होईन, यहाँ कुनै मुसाफिर आएपछि, हरपल भारत–नेपाल मैत्री सम्वाद गर्छ, यही भाव लिएर उ जान्छ । यो आफ्नो आँखामा प्रतिक हुन्छ । यो धर्मशाला त्यही प्रतिक हो । यो धर्मशालाको व्यवस्था सिर्फ यात्रीको लागि एक रातमात्रै विताउनको ठाउँ होईन, यो त पर्यटनमार्फत अतिरिक्त आम्दानी गर्ने ठाउँमापनि हो ।’

यो धर्मशाला मैत्री आर्थिक गतिवधि दिने केन्द्र पनि बन्ने मोदीको विश्वास छ । उनले भने,‘विमस्टेक महत्वपूर्ण ईभेन्ट थियो । काठमाडौंको धर्तीबाट दुनियाँमा एक किसिमको सन्देश गएको छ । यो धर्तीबाट निस्किएको सकंल्प कार्यान्वयन नभई रहन सक्दैन् । किनकी यो पवित्र धार्मिक भूमि हो । यसको लागि ओलीजीले महत्वपूर्ण भूमिका निभाउनुभयो । यसको लागि उहाँप्रति साधुवाद छ । र, उहाँ अभिनन्दनको पात्र हुनुहुन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com