२०८३ वैशाख ७, सोमबार
१२:०२:४६ राति
- ADVERTISEMENT -

१८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिमस्टेक सम्मेलन सम्पन्न

प्रकाशित मिति: २०७५ भदौ १५, शुक्रबार

1510
Shares

काठमाडौं, १५ भदौ २०७५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ ।

सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । व्यापार, लगानी र उर्जा सहकार्यका विस्तारका विषयमा एक जुट हुनुपर्ने लगायतका १८ बुँदे विषयमा समझदारी जुटाउँदै चौथो बिमस्टेक सम्मेलन सकिएको हो ।

यस्तै, सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सरकार प्रमुखको उपस्थितिमा सदस्य राष्ट्रका विदेश मन्त्रीले हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता समेत गरेको छ ।

प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रका राष्ट्रहरु हिमालदेखि समुद्रसम्म जोडिएको बताउँदै विकासका लागि आवश्यक सामर्थ्य रहेकाले अब राजनीतिक इच्छा शक्तिको प्रदर्शन गर्ने बेला भएको उनको कथन थियो ।

अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ ।

साथै, सम्मेलनको अन्तिम सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण समेत गरेको छ ।

सम्मेलनका क्रममा हिमालदेखि समुद्रसम्मलाई जोड्ने विशाल मञ्चका रुपमा बिमस्टेकलाई विकास गर्नुपर्नेमा सात राष्ट्रले एक्यबद्धता समेत जनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98