२०८३ वैशाख ६, आइतबार
११:२७:१३ राति
- ADVERTISEMENT -

काँधमा काँध मिलाएर अगाडि बढ्न भारत तयार : नरेन्द्र मोदी

प्रकाशित मिति: २०७५ भदौ १४, बिहीबार

1833
Shares

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक क्षेत्रमा रहेका समस्यालाई परास्त गर्नका लागि काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को उद्घाटन बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस क्षेत्रमा रहेका सुरक्षा, गरिबी प्राकृतिक विपत्, जलवायु परिवर्तनबाट उत्पन्न भएका समस्या, व्यापारका क्षेत्रमा देखिएका समस्यासँग जुध्नका लागि सबै सँगै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् ।

बिम्स्टेक क्षेत्रको सुरक्षा र विकासका लागि सबै एक हुनु अति आवश्यक रहेको मोदीको भनाइ थियो। उनले सदस्य राष्ट्रहरूको पहिलो प्राथमिकता शान्ति, समृद्धि र खुसी रहेको बताएका छन्। त्यो हासिल गर्न एक्लो प्रयासले नसकिने मोदीको भनाइ थियो। उनले विश्व एक अर्कामा अन्तर्सम्बन्धित रहेको भन्दै एक्लो प्रयासले कुनै पनि देश शान्त र समृद्ध बन्न नसक्ने बताए। समृद्धि हासिल गर्नका लागि मोदीले व्यापार, यातायात, जनता र आधुनिक प्रविधिमा कनेक्टिभिटी हुनुपर्ने धारणा राखेका थिए। मोदीले बिम्स्टेकको विकासका लागि भारतको तर्फबाट विभिन्न प्रस्ताव गरेका छन् ।

उनले विभिन्न क्षेत्रमा छात्रवृत्ती, सैनिक अभ्यास, सम्मेलनहरूको प्रस्ताव गरेका छन्। उनले अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन, बिम्स्टेक स्टार्टअप, बिम्स्टेक डिजिटल मल्टिनेसनल सम्मेलन, बिम्स्टेक युवा सम्मेलन, बिमस्टेक मल्टि नेशनल मिलिट्री फिल्ट ट्रेनिङ एक्सरसाइज र स्थल सेनाध्यक्षको सम्मेलनको प्रस्ताव गरेका छन्। उनले यी सम्मेलनहरू केही अवधिमा नै सम्पन्न गर्न लागेको पनि जानकारी गराएका छन्। उनले बिम्स्टेक क्षेत्रका महिला सांसदहरूको फोरम बनाउने पनि प्रस्ताव गरेका छन् ।

त्यस्तै उनले भारतका विभिन्न शिक्षण संस्थाहरूमा बिम्स्टेक सदस्य राष्ट्हरूका विद्यार्थीहरूका लागि मेडिकल, कृषि, पर्यटन, संस्कृति लगायत विभिन्न विषयहरूमा अध्ययन र अनुसन्धानका लागि छात्रवृत्तीको घोषणा गरेका थिए। उनले वर्तमान युग डिजिटल भएको बताउँदै अबको अर्थव्यवस्था पनि डिजिटल हुने बताए। उनले अब साइबर इकोनोमिको महत्व बढ्दै गएको बताएका छन् । थाहा खबरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98