२०८३ वैशाख ८, मंगलबार
४:५०:०० दिउँसो
- ADVERTISEMENT -

बिमस्टेकको शिखर सम्मेलन सुरु हुदैँ

प्रकाशित मिति: २०७५ भदौ १४, बिहीबार

1812
Shares

काठमाडौं, भदौ १४ । बिमस्टेकको चौथो शिखर सम्मेलन आज काठमाडौँमा सुरु हुदैँछ । सम्मेलनमा सहभागी हुन बिमस्टेक राष्ट्रका प्रमुख र सरकारप्रमुखहरु काठमाडौँ आउनेक्रम जारी छ । म्यानमारका राष्ट्रपति विन मिन्च मंगलबार नै नेपाल आइपुगिसकेका थिए भने भुटानका अन्तिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना बुधबार काठमाडौँ आएका हुन् ।

आजबाट सुरु हुने सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आइसकेका छन् । त्यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि सम्मेलनका लागि भर्खरै आइपुगेकी छिन् भने थाइल्याण्डका प्रधानमन्त्री प्रायुट छानोछा पनि केहीबेरमा नेपाल उत्रिनेछन् ।

काठमाडौंमा शुरु हुने प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा प्रस्तुत हुने एजेण्डाहरु तय भएका छन् ।

बिमस्टेक राष्ट्रहरूबीच उर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुमा हुने हस्ताक्षरलाई सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषयको रुपमा हेरिएको छ ।

विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि ‘ग्रीड कनेक्टिभिटी सम्झौता’ मा हस्ताक्षर हुने निश्चित भएको हो । समझदारीपछि दक्षिण पूर्वीएशियाली देश म्यान्मार र थाइल्याण्डसम्म विद्युत बिक्रीको पहुँच विस्तार हुनेछ ।

सम्मेलनको उद्घाटन दिउँसो होटल सोल्टीमा हुनेछ। त्यसअघि उनीहरू राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवाभोजमा सहभागी हुनेछन्। सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखले धारणा राख्नेछन्।

यी हुन् प्रमुख एजेण्डा

यस बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कनेक्टिभिटीको विषयले सबैभन्दा धेरै प्राथमिकता पाउँदैछ। त्यस्तै बिमस्टेक विद्युतीय प्रशारण लाइन (एमओयू अन ग्रिड) मा हस्ताक्षर हुनेछ।

गरिबी निवारण, व्यापार सहजीकरण तथा लगानी वृद्धिको विषय प्राथमिकतामा परेको छ।बुधबार भएको बिमस्टेक राष्ट्रका मन्त्रीहरूको बैठकले बिमस्टेक प्रभावकारी नभएको ठहर गरेको थियो।

त्यसैले बिमस्टेकलाई प्रभावकारी बनाउने विकास कोषु स्थापना, सचिवालयको सुदृढिकरण पनि एजेण्डामा रहेको छ।

यस्तै सम्मेलनमा जलवायू परिवर्तन र सुरक्षा चुनौतीका रुपमा रहेको अन्तदेशिय अपराध र आतंकवादका विषयमा समेत छलफल हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको होटल हायातमा सम्मेलनका आगन्तुकका लागि आजै राती रात्रीभोजको आयोजना गरेका छन्।

सम्मेलन शुक्रबार काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुनेछ। सम्मेलनका लागि नेपालले ‘शान्त, समृद्ध र दिगोपनाका लागि बंगालको खाडी’ नारा दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81