- ADVERTISEMENT -

प्रेस युनियन अधिवेशन असोज दोस्रो साता

August 24, 2018
1596
Shares
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ८ गते । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ ।

शाखा कार्य-समितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति गठन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशन सम्पन्न गर्नका लागि युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन मूल समारोह समिति गठन गरेको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिको साउनमा बसेको बैठकले जिल्ला शाखाको अधिवेशन भदौ २१ देखि असोज १० गतेसम्म गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिले प्रदेश समितिको अधिवेशन आगामी मङ्सिर १ गते तथा केन्द्रीय समितिको अधिवेशन मङ्सिर २८ र २९ गते गर्ने निर्णय गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -