२०८३ वैशाख ६, आइतबार
११:४१:३२ राति
- ADVERTISEMENT -

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

प्रकाशित मिति: २०७५ साउन ३१, बिहीबार

1816
Shares

बिबिसी, २०७५ साल श्रावण ३१ गते बिहिबार । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा आज बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । उनी दिल्लीस्थित एम्स अस्पतामा उपचाररत थिए ।

बिहीबार साँझ एम्सले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको मृत्यु ५ बजेर ५ मिनेटमा भएको बताएको हो ।

वाजपेयी मधुमेहबाट पिडित थिए । उनलाई यसै वर्षको जुनमा किड्नीमा संक्रमण देखिएपछि एम्स अस्पताल भर्ना भएका थिए ।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक प्रधानमन्त्री बनेका थिए । उनी भारतका लोकप्रिय कवि पनि थिए । उनी कुशल वक्ता तथा समावेशी राजनीतिका पर्याय मानिन्थे ।

वाजपेयी सन् १९९६ मे १६ मा पहिलोपटक १३ दिनका लागि भारतको प्रधानमन्त्री बनेका सो वर्ष भएको निर्वाचनमा वाजपेयीको दल भाजपा ठूलो दल बनेको थियो । ठूलो दल भएका कारण तत्कालीन राष्ट्रपति शंकर दयाल शर्माले भाजपालाई सरकार बनाउन आह्वान गरेका थिए, तर लोकसभामा बहुमत जुटाउन नसक्दा उनले राजीनामा दिएका थिए । उनी दोस्रोपटक सन् १९९८ देखि १९९९ सम्म प्रधानमन्त्री भएका थिए । नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) बनाएर चुनाव लडेका कारण बहुमत आएको थियो तर, प्रधानमन्त्री बनेको १३ महिनामै उनी सरकारबाट बाहिरिनुपर्‍यो। एक सहयोगी दल एआईएडीएमकेले समर्थन फिर्ता लिएपछि उनको सरकार ढल्यो ।

अर्को सरकार बनेन, बरु चुनाव भयो । १९९९ मा भएको चुनावमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनले साझा घोषणापत्रमा चुनाव लड्यो । जसलाई सुविधाजनक बहुमत प्राप्त भयो । फलस्वरुप, वाजपेयी १९९९ देखि २००४ सम्मका लागि प्रधानमन्त्री भए ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले वाजपेयीको निधनमा दुःख व्यक्त गरेका छन् । ‘वाजपेयीको विराट र स्नेही व्यक्तित्व हाम्रो स्मृतिमा बसिरहने छ’, कोविन्दले भनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98