काठमाडौं, साउन ३०, २९७५ । सरकारले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।
मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको हो ।
सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघि सिइओ कायम रहेका युवराज भुसाल पदमुक्त भएका थिए । त्यसयता प्राधिकरणको नेतृत्व खाली थियो ।