२०८३ वैशाख ६, आइतबार
१०:४८:१७ राति
- ADVERTISEMENT -

संसद्मा मौलिक हक कार्यान्वयन विधेयक पेश

प्रकाशित मिति: २०७५ साउन २९, मंगलबार

1990
Shares

काठमाडौँ, साउन, २९, २०७५ । मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक पारितको समयसीमा नजिकिँदै गर्दा सरकारले धमाधम विधेयक संसद्मा पेस गर्न सुरु गरेको छ । नियमित प्रक्रियाबाट विधेयक पारितको समयसीमा निकै साघुरो भइसकेको छ । डेढ महिनाभन्दा कम अवधिमा संघीय संसद्का दुवै सदनबाट ती विधेयक पारित भइसक्नु पर्नेछ ।

कुल ३१ मौलिक हकमध्ये १५ विषयमा नयाँ कानुन बनाउनुपर्ने कानुन मन्त्रालयको निक्र्योल छ । केही विषय हालकै मौजुदा ऐनबाट सम्बोधन हुने सरकारको निष्कर्ष छ । संघीय संसद्मा सोमबार मौलिक हक कार्यान्वयनसम्बन्धी चार विधेयक पेस भएका छन् । यस्तै अन्य थप पाँच विधेयक पनि पेस भएका छन् ।

दफाबार छलफलपछि सार्वजनिक सुरक्षा ऐन तेस्रो संशोधन विधेयकको पारित प्रक्रिया सुरु भएको छ । संघीय संसद्मा दर्ता भएको अपराध पीडितको अधिकार लगायतका केही विधेयक संसद्मा पेस हुने चरणमा छन् ।

सोमबार मौलिक हक कार्यान्वयनसँग सम्बन्धित सुरक्षित मातृत्व तथा प्रजननसम्बन्धी विधेयक, उपभोक्ता संरक्षण विधेयक प्रतिनिधिसभामा पेस भएका छन् । यस्तै, वातावरण ऐन संशोधन विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रियसभामा पेस भएका छन् ।

सुरक्षित मातृत्व र प्रजनन अधिकार सम्बन्धी विधेयक मौलिक हक कार्यान्वयनमा लागि तयार मस्यौदा पूरै नयाँ हो । उपभोक्ता अधिकार सम्बन्धी विधेयक मौलिक हक कार्यान्वयनका लागि ल्याइएको मौजुदा कानुनलाई एकीकरण गर्ने विधेयक हो । यस्तै, अपाङ्गता भएका व्यक्तिको अधिकार र वातावरण सम्बन्धी अधिकार दुबै विधेयक मौलिक हक प्रचलनका लागि ल्याइएका संशोधन विधेयक हुन् ।

त्यस्तै, प्रतिनिधिसभामा सोमबार सार्वजनिक सुरक्षा ऐन तेस्रो संशोधन विधेयक पारिताको प्रक्रिया सुरु भएको छ । राज्य व्यवस्था समितिले तयार पारेको दफावार छलफलको प्रतिवेदन समितिका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडुले पेस गर्नुभएको हो ।

त्यस्तै, नागरिकता ऐन संशोधन विधेयक पनि सदनमा पेस भएको छ । सरकारी कर्मचारीको निवृत्तिभरण कोष विधेयक पनि सोमबारको बैठकमा पेस गरिएको छ । २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित निवृत्तिभरणमा सहभागी गराउने गरी सरकारले नयाँ कानुन प्रस्ताव गरेको हो ।

दुई सन्धि प्रस्तुत
प्रतिनिधिसभाको सोमबारको बैठकमा दुई सन्धि पेस भएका छन् । संस्कृति, पर्यटन तथा नागरि उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि पेस गर्नुभएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबार विरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महा-सन्धि पेस भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98