- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थाहै नदिई शाक्य र महर्जन विदेश सयर !

August 4, 2018
1647
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, साउन १९ । स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको स्वीकृतिविनै विदेश लागेको खुलासा भएको हो ।

संघीय मामिला मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई अनिवार्य भ्रमण गर्नुपूर्व सहमति लिन गत चैत २१ गते सर्कुलर गरेको थियो । उक्त अवधिदेखि अहिलेसम्म ५० पदाधिकारीले मात्र मन्त्रालयसँग भ्रमणको पूर्वस्वीकृति लिएका छन् । कान्तिपुरमा खबर छ ।

स्वीकृति लिएरभन्दा जानकारी नैनदिई विदेश जाने पदाधिकारीको संख्या बढी रहेको मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com