२०८३ वैशाख ८, मंगलबार
३:५३:०६ दिउँसो
- ADVERTISEMENT -

आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने

प्रकाशित मिति: २०७५ साउन १६, बुधबार

1799
Shares

काठमाडौं, २०७५ साल श्रावण १६ गते बुधबार । विश्वभरका आदिवासीले हरेक वर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरेका छन् ।

नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।

नेपालका आदिवासी जनजातिको नेतृत्वको संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४ औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ ।

संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । जुन कार्यक्रम मार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले अपेक्षा गरेको छ ।

संविधान जारी हुने बेला छुट्टै आन्दोलन गरेको पद्यमरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ले समेत यस वर्ष महासंघसँग सहकार्य गरेको विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले सार्वजनिक गरेको कार्यक्रम अनुसार तुलाधार नेतृत्वको समूहले ‘संघीयता कार्यान्वयन र जातिय सवाल’ विषयमा अन्तरकृया गर्ने बताइएको छ ।

महासंघको नेतृत्वमा आदिवासी जनजाति अन्य संघ संस्थाहरुले समेत विविध कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81