- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तुइन हटाउने प्रधानमन्त्रीको अठोट पूरा हुँदै

August 1, 2018
2239
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २०७५ , श्रावण १६ । तुइनमुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले तीन वर्ष अघि पहिलो पटक कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि देशलाई तुइनमुक्त बनाएर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।

देशभर तुइनलाई झोलुङ्गे पुलले विस्थापित गर्न सम्भाव्य भएका १३६ वटा मध्ये १०५ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् भने बाँकी ३१ मध्ये २६ बटा झोलुङ्गे पुल यसै वर्ष भित्र पूरा हुने सस्पेन्सन ब्रिज डिभिजन (एसबीडी) कार्यालयका योजना प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

बाँकी पाँचवटा झोलुङ्गे पुल भने महाकाली नदीमा भारतीय सीमासँग जोडिएकाले भारतबाट सहमति आउन बाँकी रहेको कार्यालयले जनाएको छ । मुलुकभरि १८७ वटा तुइन भएको ठाउँ पहिचान भएकोमा कठिन भूबनोट, प्राविधिक दृष्टिकोणले सम्भाव्य नभएको, नजिकै पुल भएको लगायतका विभिन्न कारणले ४१ वटा ठाउँमा झोलुङ्गे पुलबाट तुइन विस्थापित हुने अवस्था छैन ।

त्यसैगरी, दश ठाउँमा दुई जिल्लाको सीमा नदीहरूमा एउटै पुलका लागि दुई जिल्लाबाट नाप नक्सा भई दोहोरो नाम परेको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार सुर्खेत जिल्लामा तुइनलाई विस्थापित गरी निर्माणाधिन अवस्थामा रहेका दुईवटा झोलुङ्गे पुलवाहेक बाँकीको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुनेछ । ‘मल्टी स्पान’ भएका कारण सुर्खेतमा निर्माण भइरहेको झोलुङ्गे पुलको निर्माण कार्य आगामी वर्षभित्र मात्रै सम्पन्न हुने छ । सुर्खेतमा निर्माणाधिन झोलुङ्गे पुलको लम्बाई पाँच सय मिटरभन्दा बढी छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com