गोरखा, साउन ११ गते ।
गोरखा सहित देशका विभिन्न ठाउँमा मोबाइल पसल चोरको आारोपमा २ जना भारतीय नागरिक प्रकाउ परेका छन् । गोरखा बसपार्क नजिकै रहेको नमस्ते मोबाइलको सटर फुटाएर चोरी गरेको अभियोगमा मोतिहारी झरौखरका २० बर्षिय आवेद आलम र सुरेश शाहलाई नियन्त्रणमा लिएको हो । ‘हामीले अथक प्रयासबाट भारतिय सिमावर्ती क्षेत्रमा पुगी उनीहरुलाई नियन्त्रणमा लिन सफल भएका छौ’ गोरखाका प्रहरी प्रमुख एस्पी बिमल बस्नेतले भने । गत असार ३० गते उनीहरुले फिल्मी शैलीमा गोरखाको मोबाइल पसल चोरी गरेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो । श्रंखलावद्ध रुपमा गोरखा सहित ४ जिल्लामा भएका मोबाइल पसल चोरीका घटनामा एउटै व्यक्तिको तस्विर सार्वजानिक भएको थियो । पक्राउ परेकाहरुले गोरखा, तनहुँ, नवलपरासी र उदयपुरको मोबाइल पसल चोरी गरेका प्रहरीले संकलन गरेको प्रमाणमा उल्लेख छ । उनीहरुको साथबाट ५३ वटा मोबाइल प्रहरीले जफल गरेको छ । गोरखा र तनहुँबाट चोरी भएका र आईएमई नम्बर प्रमाणित भएका १६ थान मोबाइल मात्रै गोरखा ल्याइएको छ । ३७ थान भने प्रदेश नम्बर ३ को हेटौडामा राखिएको बस्नेतले जानकारी दिए ।
असार ३० गते बिहान ४ः३० बजे सदरमुकाममा रहेको नमस्ते मोबाइल पसलबाट उनीहरुले पाँच लाख बराबरको मोबाइल सेट, ब्लुटुथ हेडसेट र नगद चोरेको सिसिटीभि फुटेजमा उल्लेख छ । ‘पसलको सिसिटिभि फुटेजले उनीहरुलाई चिन्न र प्रकाउ गर्न सहज भएको हो’ एस्पी बस्नेतले बताए ।
उनिहरुले नमस्ते मोबाइल सेन्टरबाट ओप्पो १४, स्यामसुङ्ग २, घडि ३० थान सहित नगद ८ हजार गरी ५ लाख ४२ हजार बराबरको सामान चोरी गरेको पिडितले प्रहरीमा दिएको जायरीमा उल्लेख छ । असार २७ गते राती तनहुँको दमौलीमा रहेको सिटी मोबाइल, असार ३० गते गोरखा बजारमा रहेको नमस्ते मोबाइल, उदयपुरको गाईघाट र नवलपरासीको कावासोती बजारमा रहेको मोबाइल पसलबाट गरी १५ लाख भन्दा बढीको मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनमा मार्फत सार्वजानिक गरेको हो । ‘प्रदेश नम्बर २ र ३ का प्रहरी प्रमुख र मित्र राष्ट्र भारतको भारतका प्रहरी साथीहरुको ठूलो मद्दतमा हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौं’ बस्नेतले भने । उनीहरुलाई प्रकाउ गर्नका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली एक साता देखि भारतीय सिमावर्ती क्षेत्रमा परिचालित भएको थियो । चोरी भएका मोबाइल अन्य सामाग्री भारतिय भुमी लगेर बेचबिखन गर्न गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरु बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।