- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित

July 27, 2018
1886
Shares
- ADVERTISEMENT -

नयाँदिल्ली, ११ साउन

भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ ।

- ADVERTISEMENT -

Advertisement

मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । दिल्ली प्रहरीले बैकल्पिक मार्गहरु प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ ।

दिल्लीको मौसमको बारेमा जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार बिहीबार राति ४५।८ मिलिमिटर वर्षा भएकोमा आज शुक्रबार बिहानसम्म ३७.४ मिलिमिटर वर्षा भएको छ ।

- ADVERTISEMENT -

Advertisement

दिल्लीका जाकिर हुसैन कलेज, रामलीला मैदान लगायतका क्षेत्रहरुमा वर्षादको पानी जमेको छ । वसन्तकुञ्जबाट इन्दिरा गान्धी विमानस्थलसम्मका मार्गहरु पनि जलमग्न भएका छन् । नयाँदिल्लीका कतिपय स्कुलहरु बन्द गरिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com