सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग गर्दै २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ ।

सरकारसँग विभिन्न ९ बुँदामा सहमति भएपछि डाक्टर केसीले शिक्षण अस्पताल, महाराजगञ्जमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थितिमा अनसन तोड्नुभएको हो । सहमतिपत्रमा हस्ताक्षर भएपछि केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस खुवाएर डाक्टर केसीको अनसन तोडाउनु भएको हो ।

सरकारसँगको सहमति पत्रमा डाक्टर गोविन्द केसी र सरकारी वर्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले हस्ताक्षर गर्नु भएको छ ।

हिजो पनि दिउसभर अन्य बुँदामा सहमति भए पनि १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल खोल्न नपाउने डाक्टर केसीको मागमा सरकार र डाक्टर केसीपक्षबीच लामै रस्साकस्सी भएको थियो ।

सरकारले डाक्टर केसीलाई यस विषयमा गलाउन खोजे पनि डाक्टर केसीको अडानसामू सरकार आफै गलेको छ । माथेमा आयोगको प्रतिवेदन अनुरुप नै सरकारले डाक्टर केसीसँग आउँदो १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने सहमति गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्