- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भरतपुर महानगरपालिकामा गोली चल्यो, स्थिती तनावग्रस्त

July 25, 2018
2326
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, ९ साउन 

चितवनको भरतपुर महानगरपालिका बुधबार तनावग्रस्त भएको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले हिजो मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीन पांग्रे व्यवसायी थप आन्दोलित भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

महानगरले मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका तीन पांग्रे व्यवसायी र प्रहरी बिच झडप हुँदा राजमार्गमा तनाव भएको हो ।

झडपका क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो । प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान समेत घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक भ्यानमा समेत तोडफोड गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ अश्रुग्यास समेत प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरीमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ ।

प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ । आन्दोलनमा उत्रिएका तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए ।

भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com