- ADVERTISEMENT -

अस्पताल बन्दको बिरोधमा वीर अस्पतालमा प्रदर्शन

July 19, 2018
1641
Shares
- ADVERTISEMENT -

काठमाडौं, २०७५ साल श्रावण ३ गते बिहिबार । सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन ।

बिहिबार विहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

विरामी र विरामी कुरुवाहरुले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि विरामी र विरामीका कूरुवाहरुले सास्ती व्यहोर्नु परेको छ ।

विरामी कुरुवाहरुले आफ्नो विरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन ।

डा. गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले विरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

नुवाकोटका दिनेश रानामगरले अस्पताल बन्द गरेर चिकित्सकहरुले आफूहरुलाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरेका छन । विरामी लिएर अस्पताल आएका उनले आज ओपीडी सेवा बन्द भएको आफूलाई जानकारी नभएको पनि बताएका छन् ।

खुट्टामा घाउ लिएर अस्पताल पुगेका काभ्रेका कुलबहादर रसायलीले डा. केसीको माग सही भएपनि विरामीको उपचार छाडेर आन्दोलनमा जाने काम जायज नभएको बताए । उनले  घाउ लिएर आज ओपीडीमा उपचारका लागि आएपनि अस्पतालको सेवा बन्द भएकोमा  आपत्ति जनाए ।

सेवाग्राहीहरुले अस्पताल बन्द गरेर चिकित्सकहरुले विरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।

उनीहरुले डा. केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग पनि चिकित्सकहरुसँग राखेका छन् । वरिष्ठ चिकित्सक केसीले जुम्ला पुगेर आमरण अनसन बसेपछि चिकित्सकहरुले उनको माग सम्बोधन गराउन अस्पतालका आकस्मिकबाहेक सबै सेवा बिहिबारबाट बन्द गरेका हुन् ।

चिकित्सकहरुले अस्पतालको ओपीडीलगायतका अतिआवश्यक सेवा बन्द गरेपछि विरामी र उनका आफन्तले जीवन रक्षाको लागि उचित वातावरण बनाउन सरकारको पनि गम्भिर ध्यानाकर्षण गराएका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -