- ADVERTISEMENT -

जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज, एक दर्जन भन्दा बढी समर्थकहरु घाइते

July 19, 2018
1669
Shares
- ADVERTISEMENT -

जुम्ला, ३ श्रावन, २०७५

२० दिनदेखी जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए । अस्पताल परिसरमा अहिले प्रहरीले समर्थकमाथि अन्धाधुन्द लाठी चार्ज गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन् । समाचार स‌ंकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अवभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन् ।

बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -