Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:४१:१० राति
- ADVERTISEMENT -

उपराष्ट्रपति पुनद्धारा शताब्दी पुरुष जोशीलाई सम्मान

प्रकाशित मिति: २०७५ साउन १, मंगलबार

1506
Shares

काठमाडौँ, साउन १

उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मान गरेका छन् ।

सो पुरस्कारको राशि रु ५० हजार तथा सम्मानपत्र रहेको छ । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले जोशीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

विसं १९७७ मा बखुँबहाल ललितपुरमा जन्मनुभएका शताब्दी पुरुष जोशीले नेपाल भाषामा प्रकाशित शारदा नामक पत्रिकाबाट साहित्यिक यात्रा शुरु गरेका हुन् ।

वि.सं २०२८ मा जुम्लाको सिञ्जा खोलामा ६ महिना नेपाली भाषाको व्युत्पत्तिको अनुसन्धानात्मक खोज गरी प्रतिवेदन तयार गरेपछि जोशी चर्चाको शिखरमा पुगेका थिए । शताब्दी पुरुष जोशीको जयप्रकाश र श्वेतचैतत्यकृत महाकाव्यसहित थुप्रै नेपाल भाषा तथा नेपाली भाषामा पुस्तक प्रकाशित छन् ।

उपराष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले लोकसाहित्य, लोकसंस्कृतिलगायत विभिन्न विधामा विशिष्ट योगदान दिने शताब्दी पुरुष सत्यमोहन जोशीको जोस, जाँगर तथा देशका लागि गर्दै आएको सक्रियता वर्णनयोग्य रहेको उल्लेख गरे ।

उनले वाङ्मय शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको बताउँदै जोशीको सुस्वास्थ्य तथा सुखको कामना गरे । उपराष्ट्रपतिले जनकविकेशरी धर्मराज थापाको नेपाली संस्कृतिको वर्णन गरिएका सुमधुर गीतहरु आफनो मानसपटलमा सधैँ ताजा रहेको बताउँदै भाषा, संस्कार तथा संस्कृतिबाट मानिस अलग हुन नसक्ने बताए ।

सम्मानित व्यक्तित्व वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हिमाल नै हिमालले ढाकिएको नेपालमा हिमवत् संस्कृतिको प्रभाव रहेको बताउँदै नेपालको लोकसंस्कृतिको विकास गर्न सकेमा मात्र अग्रगामी फड्को मार्न सकिने बताए ।

समालोचक राजेन्द्र सुवेदीले शताब्दी पुरुष सत्यमोहन जोशीको कला, संस्कृतिका साथै लोकसाहित्यको विधामा महत्वपूर्ण योगदान गरेकाले प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली संस्कृतिको क्षेत्रका चम्किला नक्षत्र भएको दाबी गरे ।  रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -