काठमाडौँ, साउन १, २०७५
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको २३ औ संस्करणको लागी ठूलो संख्यामा नेपाली सुरक्षागार्ड लान कतार तयार देखिएको छ । मंगलबार कतारी राजदूत युसुफ बिन मोहम्मद र गृहमन्त्री रामबहादुर थापा‘बादल’ विचको भेटवार्तामा युसुफले यस्तो इच्छा देखाएका हुन् ।
- ADVERTISEMENT -
राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताएका हुन् । उनले त्यस प्रयोजनका लागि कतार लैजान आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको धारणा राखेका छन् ।
भेटमा गृहमन्त्री थापाले पाँच लाख बढी नेपाली रोजगारीका लागी रहेको कतारमा नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग छलफल गरेका थिए ।
- ADVERTISEMENT -
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको छ ।