Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३२:२९ बिहान
- ADVERTISEMENT -

६८ बर्षपछि विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो देश क्रोएशिया

प्रकाशित मिति: २०७५ असार ३१, आइतबार

1785
Shares

एजेन्सी, असार ३१, २०७५
फ्रान्स र क्रोएशियाको विच आइतबार मस्कोको लुजिन्हकी स्टेडियममा फिफा विश्वकप २०१८ को हाईभोल्टेज फाइनल म्याच खेलीदै छ । फिफा विश्वकप २०१८ को महा–प्रतिस्पर्धामा न केबल फ्रान्स–क्रोएशिया पुरै विश्वको ध्यान आकर्षण गरेको छ । यद्यपी यो प्रतिस्पर्धा क्रोएशियाली जनताको लागी सबैभन्दा बिशेष हुदैछ ।

विश्वकपको फाइनलमा प्रवेश गरेदेखी नै यो सानो देशले कैयौ ऐतिहासिक रेकर्ड आफनो नाउँमा गरेको छ । यदि यो विश्वकप क्रोएशियाले जितेमा उ विश्वकप जीत्ने सबैभन्दा सानो देश बन्नेछ । यो भन्दा पहिला यो किर्तिमान उरुग्वेको नाममा थियो ।

उरुग्वेले १९५० मा अन्तिम पटक यो रेकर्ड राखेको थियो । यद्यपी, उरुग्वेले १९३० मा भएको पहिलो विश्वकपमा टाइटल पनि जितेको थियो । अब क्रोएशियासँग ६८ बर्ष पछि इतिहास रच्ने सुनौलो मौका छ । लगभग ४२ लाखको जनसंख्या भएको देश क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा उत्रनेछ जहाँ उसलाई यो खेल इतिहास रच्नको लागी भएपनि जित्नै पर्ने बाध्यता छ ।

१९९८ मा फिफा विश्वकपमा डेब्यु गरेको क्रोएशियाले आफनो डेब्यु बर्षमै तेस्रो स्थान कब्जा गरेर विश्वलाई नै चकित पारेको थियो । यसपछि २००२, २००६ र २०१४ मा यो देश ग्रुप स्टेजबाट नै बाहिरिएको थियो । २०१० मा क्रोएशिया ,फिफा विश्वकपको लागी क्वालीफाइ पनि हुन सकेको थिएन ।

रोचक कुरा के छ भने फ्रान्सले पनि यो विश्वकपमा अहिलेसम्म कुनै पनि म्याच हारेको छैन । ग्रुप म्याचमा नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । त्यसपछि नकआउट चरण अन्तर्गत अन्तिम १६ मा डेनमार्कलाई १-१ को बराबरी पछि पेनाल्टि शुटआउटमा हराएको थियो । फेरी आयोजक रुसलाई क्वार्टरफाइनलमा २-२ पछि पेनाल्टि शुट आउटमा हराएको थियो भने बेल्जियमलाई १-० ले पराजित गर्दे फाइनलको यात्रा तय गरेको थियो ।

सेमिफाइनलमा क्रोएशियाले इङ्गल्याण्ड लाई २–१ ले पराजित गर्दे फाइनलमा प्रवेश गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -